site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्डी मुरे सिङ्गल खेल्न तयार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बेलायती टेनिस स्टार एन्डी मुरे सिङ्गल खेल्न आफू तयार रहेको बताएका छन् । मुरेले रिचार्ड्स ग्यासक्विटसँग किन्किनटीमा ६–४ र ६–४ ले पराजित हुनुको कारणलाई स्वीकारेका छन् । तर उनले आफू च्याम्पियन चाहेकोबाट टाढा गएको बताएका छन् ।
उनी सात महिनापछि पहिलो पटक सिङ्गल खेल्दैछन् । यसको लागि उनी दुई सातादेखि प्रशिक्षण गरिरहेका छन् । मुरे अब न्युयोर्कमा डबल खेल्ने छैनन् । अब उनी सिङ्गल खेलाडीको रुपमा स्थापित हुनेछन् । अब उनी जनवरीमा सिङ्गल खेलाडीको रुपमा आउने आशा गर्न सकिन्छ ।
“मलाई लाग्छ अप्रेशन गरेको ९–१२ महिनापछि म शारीरिक रुपमा फिट हुनेछु र आफू सक्दो प्रदर्शन गर्नेछु । अनि मेरो गति पनि १२ महिनामा पूर्ण रुपमा सुधारिने छ,” मुरेले भने ।
३२ वर्षीय एन्डी मुरेले टेनिस कर्टमा आफ्नो गति मापन गरिरहेका छन् र उनको गति पनि बढिरहेको छ । लामो समयपछि खेल्न थालेका उनले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
“तिमीले आफूलाई मन पर्ने गतिमा खेल्न सक्छौ तर एकचोटि कोर्टबाट बाहिरिएपछि असहज हुनेछ । मलाई लाग्दैन कि म आजको कोर्टमा मेरो गति निकै कमी थियो तर म आफू चाहेको गतिमा खेल्न सकेको थिइनँ,”मुरेले भने ।
मुरेले अबको केही दिनमा नर्थ क्यारोलिनाको विन्सटन सलिममा सिङ्गल खेल्ने कि नखेल्ने भनेर निर्णय गर्नेछन् । उनले युएस ओपनमा अभ्यास गर्नको लागि प्रशस्त समय पाउनेछन् । त्यसपछि भने उनी सेप्टेम्बरमा चीन जानेछन् ।
जुहाइ र बेइजिङमा खेल्ने भनेर पहिला नै मुरेले तय गरेका छन् । त्यसपछि साङ्घाइमा पनि खेल्न सक्ने सम्भावना रहेको छ । साङ्घाइमा खेलिसकेपछि भने अब उनीसँग यूरोपेली प्रतियोगितामा खेल्नको लागि तीन साता रहनेछ ।
“प्रत्येक समय मैले सिङ्गलको लागि अभ्यास गरेको छु किनभने म आफ्नो कोर्टमा पुरानो फर्ममा आउन चाहन्छु । जब तिमी एकचोटि फर्मबाट निस्किन्छौ अनि फेरि खेल्न थाल्छौ अनि तिमी महसुस गर्छौ । म निकै राम्रो खेल्दैछु । मलाई मेरो खेल सुधार गर्नु छ । म आफूलाई अभ्यास कोर्टमा उभ्याउनु छ,” मुरेले थपे ।
१८ महिनामा उनी जम्मा ६ प्रतियोगितामा मात्र खेल्न सक्षम भएका छन् । उनको हिप अझै पूर्णरुपमा निको भएको छैन । मुरे ३ पटकका ग्रान्ड स्लाम विजेता हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC