site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हङकङकी प्रमुख प्रशासकले आँखाभरी आँसु पार्दै भनिन्– हङकङ खतरनाक अवस्थामा
Sarbottam CementSarbottam Cement

हङकङ । हङकङकी प्रमुख प्रशासक तथा नेतृ केरी लेमले हङकङलाई गहिरो अन्तहीन खाडलमा नपुर्याउन सरकार विरोधी प्रदर्शनकारीलाई आग्रह गरेकी छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सो चेतावनी दिएकी हुन् । उनले हङकङ खतरनाक अवस्थामा पुगेको जनाउँदै हिंसाले फर्कनै नसक्ने बाटोमा पुर्याउने चेतावनी समेत दिइन् । 

गएका दश हप्तादेखि हङकङमा आन्दोलन चर्किरहेको छ । यो आन्दोलनको शुरुवात सरकारबाट प्रस्तावित सुपुर्दगी सम्बन्धी विधेयकका कारणले भएको थियो । सो विधेयकमा हङकङबाट चीनलाई सुपुर्दगी गर्ने सम्बन्धी व्यवस्था थियो । 

आन्दोलनपछि सरकारले विधेयक फिर्ता गरेकोमा शुरुमा त्यसलाई रद्द गर्नुपर्ने माग अघि सार्नुका साथै हङकङकी प्रमुख प्रशासक तथा नेतृ लेमको राजीनामा समेत प्रदर्शनकारीहरुले मागेका थिए । अहिले पक्राउ गरिएकाहरुलाई रिहा र अन्य माग पनि थपिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुको प्रदर्शनलाई चिनियाँ अधिकारीहरुले भने आतंकवाद भन्न थालेका छन् । गएको आइतबार प्रहरीमाथि पेट्रोल बम प्रहार भएपछि चीनले सो टिप्पणी गर्न थालेको हो । प्रहरीले पनि भेष बदलेर प्रदर्शनकारीको निगरानी गरिरहेको सञ्चार माध्यममा समाचार आएका छन् । 

प्रदर्शन बढ्दै गएमा चीनले अहिले दिइरहेको स्वतन्त्रता समेत छिनिन सक्ने एकथरीले टिप्पणी गरिरहेका छन् । हङकङ चीनको विशेष प्रशासकीय क्षेत्र हो । नेतृ लेम मंगलबार आँखाभरी आँसु पारेर पत्रकार सम्मेलनमा प्रस्तुत भएकी थिइन् । उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, “सोच्नका लागि एक मिनेट छुट्याउनुस् । हाम्रो शहरलाई हेर्नुस् । के यसलाई खाडलमा पार्न तपाईहरु चाहनुहुन्छ ?” 

Global Ime bank

यस्तै अवस्था रहेमा हङकङ अन्तहीन खाडलमा पर्ने उनको भनाई थियो । उनले प्रहरीले चालेको कदमको भने प्रतिरक्षा गरेकी थिइन् । उनले प्रहरीले गर्ने काम आफूले चाहेको जस्तो पनि नहुने भन्दै उनीहरुले घटनास्थलको परिस्थिति अनुसार निर्णय गर्नुपर्ने अवस्था रहेको बताइन् । 

प्रहरीमाथि प्रदर्शनकारीलाई ज्यादती गरेको भन्ने आरोप लाग्दै आएको बेलामा उनले प्रतिरक्षा गरेकी हुन् । उनले आफ्नो काम हङकङलाई सुरक्षित र आवश्यक नीति नियम बमोजिम चलेको शहर बनाउनु भएको जनाइन् । 

सरकारविरोधी प्रदर्शन गएको जुन महिनामा शुरु भएको हो । हङकङ चीन मातहतमा रहेपनि चीनको मुख्य भूभागमा भन्दा यहाँ जनतालाई स्वतन्त्रता छ । प्रेस र अदालत स्वतन्त्र  छन् ।  एक देश, दुई प्रणालीको रुपमा अन्तर्राष्ट्रिय जगतले चीन र हङकङको मामिलालाई बुझ्दै आएको छ ।

(बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC