अर्थ व्यवसाय
हङकङ । हङकङको एयरलाइन्स कम्पनी क्याथी प्यासिफिकले अहिले हङकङमा भएको प्रदर्शनलाई साथ दिएको भन्दै आफ्ना एकजना पाइलटलाई निलम्बन गरेको छ । सो एयरलाइन्स कम्पनीले सोमबार अवैध कार्यमा संलग्न प्रदर्शनकारीलाई साथ दिएकाले पाइलटलाई निलम्बन गर्नुपरेको जनाएको छ । क्याथी प्यासिफिकले पाइलटलाई कारबाही गरेको सार्वजनिक भएपछि सो कम्पनीको सेयर सोमबार ४ प्रतिशतले घटेको थियो ।
ती पाइलटसहित ४० जनालाई बेइजिङको मुख्य कार्यालय अगाडि प्रहरीसँग झगडा गरेको आरोप लगाइएको छ । क्याथी प्यासिफिकले आफ्ना सबै कर्मचारीलाई यस्ता गतिविधिमा संलग्न नहुन समेत आग्रह गरेको छ । (एजेन्सी)
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६ ०८:११
प्रतिक्रिया दिनुहोस्