site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भन्छन् – आगोलाई जिस्क्याउनु हुन्न । जिस्क्याउन त पानीलाई झन् नहुने रहेछ । पानीको बाटो छेक्ता बेलाबेला कल्पनै गर्न नसकिने विनाश मानव जातिले बेहोरेको छ । पानीको बाटो छेकेर फाइदा लिने थोरै हुन्छन् तर विनाश भयो भने धेरैले बेहोर्नुपर्छ । अहिले पानीलाई पनि जता मन लाग्यो उतै लगे हुन्छ भन्ने मूर्खतापूर्ण सोच निकै बढेको देखिन्छ । कालीगण्डकीलाई छेकेर बाँध बनाएर तिनाहु खोलामा हाल्ने (डाइभर्सन) प्रदेश नम्बर ५ को योजना पनि यस्तै प्राकृतिक वातावरणलाई उपेक्षा गर्ने मूर्खतापूर्ण योजना हो । धन्न, गण्डकी प्रदेशका मुख्यमन्त्री त्यसमा सहमत नभएकाले कालीगण्डकीका तटवर्ती र तिनाहुका किनारमा बस्नेहरू अहिल्यै आत्तिइहाल्नु पर्ने भने भएको छैन । कालीगण्डकी फर्काउँदा बाँधभन्दा तलका गण्डकी प्रदेशका जनता मात्र हैन तिनाहु किनारमा बस्नेहरू पनि संकटमा पर्न सक्छ । नदी वा खोलालाई जिस्क्याउन नहुने ज्ञान त तिनाहु किनारका बासिन्दाले पनि पाइसकेकै छन् ।

प्राकृतिक स्रोतसाधनको प्रयोग मानव हितमा गर्नुपर्छ । तर, प्रकृतिको पनि जीवनचक्र हुन्छ भन्ने स्वीकार गरेरमात्र यस्तो प्रयोगका सम्बन्धमा योजना बनाउनुपर्छ । खोलाका किनार मिच्दा वा नदीको बहाव नियन्त्रण गर्न खोज्दा अहिले नै बर्सेनि बाढी र डुबानको कहर नेपालीले काट्नु परेको छ । एउटा नदीलाई उसको प्राकृतिक बहाव परिवर्तन गरेर अन्तै लैजाने वा सानो खोलामा ठूलो नदीको पानी मिसाउने गर्दा पक्कै पनि प्राकृतिक असन्तुलन उत्पन्न हुन्छ । यस्तो गडबडीको मार अन्ततः त्यही भेगका बासिन्दाले भोग्नुपर्छ । करिब ३० किलोमिटर सुरुङ खनेर नदीको बहाव अन्तै फर्काउने काम खोलामा स्याउला राखेर बाँध र कुलो बनाएजस्तो हैन । वातावरणका सम्बन्धमा भएका अध्ययनहरूले प्रकृतिलाई सकेसम्म कम बिथोल्नु मानव जातिको हितमा भएको पुष्टि भएका छन् । यस्ता अध्ययनहरू बेवास्ता गरेर बलमिच्याइँ गर्नु मूर्खतामात्र हैन जनताको हितमा गरिएको हेलचेक्य्राइँ पनि हो । यही कारणले कालीगण्डकीका किनारका बासिन्दाले योजनाको विरोधमा संघर्ष समिति नै बनाएको हुनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो त गण्डकी प्रदेशमा उत्पत्ति भएर मूलतः यही प्रदेश भएर बग्ने कालीगण्डकी प्रदेश नम्बर ५ ले एकलौटी गर्न खोज्नु पनि अर्घेल्याइँ हो । कालीगण्डकीको प्राकृति बहाव अवरुद्ध गर्दा तल्लो तटीय क्षेत्रमा त्यसको नकारात्मक प्रभाव पर्नसक्छ भने तिनाहुले पनि कालीको वेग थाम्न नसकेर मैदानी क्षेत्रमा उत्पात मच्चिन सक्छ । बगी रहेको पानी सुक्ने, बाँधले ताल बनाउने तथा खोलाले धान्न सक्नेभन्दा धेरै पानी बग्ने भएपछि त्यहाँ पानीमात्र हैन जीवजन्तु र बालीनालीमा पनि असर पर्छ । त्यस्तो असरबारे विस्तृत अध्ययन नगरी चुनावी नारा दिनु जनतालाई मूर्ख ठान्नु र बनाउनु हो । कालीगण्डकी यसका किनारका बासिन्दाका लागि एउटा नदीमात्र हैन । धार्मिक, सामाजिक, सांस्कृतिक आस्था पनि कालीगण्डकीसँग जोडिएको छ । प्रदेशको नाम नै गण्डकी राखिएकाले पनि कालीगण्डकीसँग यहाँका जनता भावनात्मकरूपमा कति निकट छन् भन्ने स्पष्ट हुन्छ । यसैले गण्डकी प्रदेशका मुख्यमन्त्रीको अडान सही देखिन्छ । कालीगण्डकीको प्राकृतिक बहावमा धेरै छेडछाड नगरौँ । नदीहरू हाम्रा जीवन रेखा हुन् तर तिनको पनि जीवन चक्र हुन्छ भन्ने योजनाकारहरूले आत्मसात् गरुन् !

 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC