site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा अत्यधिक गर्मी, अस्पतालका इमर्जेन्सीमा बिरामीको चाप
Sarbottam CementSarbottam Cement

विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरको जनजीवन प्रभावित भएको छ । भाइरल ज्वरो, टाइफाइड  र सर्पदंशका बिरामीसमेत बढेका छन् । कोशी अञ्चल अस्पताल विराटनगरमा दैनिक भर्ना हुन आउने बिरामीको संख्या बढेको छ , 

अस्पतालका अनुसार भाइरल ज्वरो र अधिक गर्मीले कमजोरी हुने तथा बेहोस हुने बिरामीसमेत आउन थालेका छन् । अस्पतालका मेसु डा. रोशन पोखरेलका अनुसार गर्मी मौसममा अन्य बेलाभन्दा ज्वरोका बिरामी अधिक भर्ना हुन्छन् । उनले भने, ‘‘इमरजेन्सीमा अत्यधिक बिरामीको चाप छ ।’’ उनले अस्पतालको क्षमताले भ्याएसम्म सेवा दिइँदै आएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यो साता विराटनगरमा अधिक गर्मी बढेको छ । गर्मीले बजारमा मानिसहरुको चहलहलमा कमी आएको छ । रिक्सा तथा साइकलमा यात्रा गर्ने मानिससमेत घटेका छन् । खासगरी बाहिर श्रम गर्ने श्रमिकहरु अधिक प्रभावित बनेका छन् । नोबेल मेडिकल कलेजमा पनि बिरामीको संख्या बढेको छ । अस्पतालका अनुसार त्यहाँ दैनिक दुई हजार बिरामी उपचारका लागि आउने गरेका छन् । तर, मेडिकल वार्डमा अहिले ज्वरो तथा मौसमका कारण उत्पन्न समस्याबाट बिरामी भएकाहरु नै अधिक छन् । विराटनगरको विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, गोल्डेन अस्पताल, श्री अस्पताल र हाम्रो अस्पतालमा समेत बिरामीको चाप छ । 

विराटनगर–६ की ४८ वर्षीय गंगादेवी चौधरी गर्मीका कारण अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । बिहान बारीमा खनेर घर आउनासाथ चौधरी बेहोस भएपछि उपचारार्थ कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ । चिकित्सकका अनुसार अधिक गर्मीले हिट स्ट्रोक अर्थात् गर्मीका कारण बेहोस हुने समस्या लिएर दैनिक चार–पाँच जना बिरामी आइहेका छन् ।

Global Ime bank

चिकित्सकका अनुसार गर्मीले मानव शरीरमा असर गर्छ । अधिक पसिना बग्ने हुनाले शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले अधिक पानी पिउने र शित्तलमा बस्नु नै उपयुक्त हुन्छ ।
कोशी हावापानी कार्यालय विराटनगरका अनुसार एक सातामा विराटनगरको अधिकतम तापक्रम बढ्दो क्रममा छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC