site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ठूलो दुर्घटनाबाट जोगियो पृथ्वी !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किनबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भएपनि पृथ्वी त्यसबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेको न्युजवीकले जनाएको छ । अब यो पिण्ड सन् २०२४ मा फेरि पृथ्वी नजिक आउन सक्ने जनाइएको छ । सो पिण्ड आइफल टावर भन्दा ठूलो रहेको थियो । 

१० हजार ४ सय माइल प्रतिघण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो ।  यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू २३ रहेको वैज्ञानिकहरुले जनाएका छन् । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको हो ।

सो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बम भन्दा पन शक्तिशाली हुने अनुमान वैज्ञानिकहरुले गरेका छन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार उक्त पिण्ड पृथ्वीमा खसेको भए कम्तिमा १३ लाख मानिस मारिन सक्थे । ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको र सोही समयमा डाइनोसोरलगायतका जीव लोप भएको मानिने गरेको छ । (एजेन्सीहरुको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC