site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा सुरक्षित यात्रा गर्न अन्य राष्ट्रहरुले दिए यस्तो सुझाव
Sarbottam CementSarbottam Cement

एजेन्सी । उरुग्वे र भेनेजुएलाबाहेक अन्य मुलुकहरुले पनि अमेरिकी हिंसाका कारण यात्रागत चेतावनी जारी गराएका छन् । बन्दुक हिंसासहित विभेद, महङ्गो स्वास्थ्य खर्च, स्थानीय कानुन, सांस्कृतिक भिन्नतालगायत अमेरिकाका अन्य नकारात्मक पक्षमाथि थुप्रै देशहरुले पहिले नै प्रकाश पारिसकेका छन् । यसमा अमेरिकाका नजिकी मित्रराष्ट्रहरु समेत पर्छन् । यसरी सबै देशले अमेरिका भ्रमणमा जाने आफ्ना नागरिकहरुलाई तिनकै राष्ट्रिय भाषामा एड्भाइजरी जारी गर्ने गरेका छन् जसमार्फत उनीहरु आफ्ना देशवासीलाई समस्याबाट टाढा राख्न चाहन्छन् । 

यसकारण अड्भाइजरीका डक्युमेन्टमा धेरै खुला रुपमा अमेरिकाको वास्तविकता प्रस्तुत गरिएको हुन्छ जसबारे कतिपय अमेरिकी नागरिकहरु समेत परिचित हुँदैनन् ।  सबै राष्ट्रहरुले १ नम्बरमा अमेरिका जाँदा त्यहाँको आतङ्कवाद र सामुहिक गोली काण्डका बढ्दो घटनाबारे सबैलाई सचेत गराउने गरेका छन् । 

जस्तै क्यानडाले आफ्ना नागरिकहरुलाई सामान्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन सुझाव दिने गरेको छ । सामुहिक गोली प्रहारमा पर्यटक परेका घटना एकदम कम छन् तर अमेरिकामा हत्याको सङ्ख्या त्यो भन्दा धेरै रहेको क्यानडाको अड्भाइजरीमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

केही समय अगाडि आफैँ ठूलो गोलीकाण्डको शिकार भएको न्युजिल्यान्डले पनि २०१८ मै अमेरिका भ्रमणमा जाने नागरिकका लागि विस्तृतमा ट्राभर अड्भाइजरी जारी गराएको थियो । अमेरिकामा राजनीतिबाट प्रेरित विभिन्न दुर्घटना हुने गरेकाले सधैँ सतर्क रहन आफ्ना देशवासीलाई न्युजिल्यान्डको सुझाव छ ।
यसैगरी आयरल्यान्डले भने आफ्नो छोटो अड्भाइजरीमा कट्टरपन्थी हिंसा विश्वव्यापी रुपमा बढ्दै गएको र विशेषगरी अमेरिकामा चरम बिन्दुमा पुगेको उल्लेख गरेको छ । 

इटलीले चाहिँ आफ्नो ट्राभल प्रोफाइलमा, अमेरिकाका ठूला सहरमा आतङ्की हमलाको विशेष खतरा रहेको र कहिलेकाहिँ साना समुदायमा पनि दुर्घटना हुन सक्ने भनि सावधान रहन सुझाव दिएको छ ।  यता बेलायतको अड्भाइजरले भने सम्भावित बन्दुक हमलाबारे उल्लेख गर्दै विदेशी आतङ्कवादबाट प्रेरित आक्रमण हुने गरेको वर्णन गरेको छ । 

Global Ime bank

नजिकी मित्रराष्ट्र जापानले अमेरिकालाई भ्रमणका लागि सुरक्षित गन्तव्य बताएपनि अमेरिका बन्दुकयुक्त समाज भएको व्याख्या गरेको छ । र यस हप्ताको दुई ठूला गोलीकाण्डपछि जापानीहरुलाई जतासुकै हुन सक्ने बन्दुक हिंसाबाट सतर्क भएर बस्न आग्रह गरेको हो ।  जर्मनीले भने अमेरिकामा बन्दुकमाथि कडाइ गरिएपनि अझै त्यहाँ सामुहिक हमला र आतङ्कवाद नियन्त्रणमा नआइसकेको उल्लेख गरेको छ । र त्यहाँ गोली चल्नु सामान्य भइसकेको बताएको छ । 

फ्रान्सको सांस्कृतिक विभागले आफ्ना नागरिकलाई अमेरिकामा कसैले बन्दुक बोकेको देखेमा नआत्तिन र धैर्यसाथ काम गर्न सुझाव दिने गरेको छ ।  यसरी हिंसा र हमला मात्र नभएर विभिन्न देशहरुले अमेरिकाको परम्परा, स्वास्थ्य खर्च, भेदभावपूर्ण वातावरण र राजनीतिक सन्दर्भको कुरामा पनि सतर्क रहन नागरिकहरुलाई सुझाव दिने गरेका छन् । 

जस्तै जर्मनीले अमेरिकाका सबै स्टेटमा सार्वजनिक रुपमा स्तनपान गराउन पाउने नियम भएपनि आफ्ना नागरिकलाई रेस्टुरेन्ट, बारलगायतका ठाउँमा त्यसो नगर्न आग्रह गरेको छ ।  त्यस्तै समुद्र किनारमा जाँदा बच्चाहरुलाई समेत लुगा नलगाइ नलैजान बताएको छ । सांस्कृतिक चेतावनी अन्र्तगत नै इटलीले आफ्नो देशमा जसरी रातिसम्म बाहिर हिँड्नु सुरक्षित नहुने र बेलुकी भएपछि अपराधिक घटनाहरु बढ्न सक्ने चेतावनी दिएको छ ।  

इटलीमाभन्दा अमेरिकामा सामाजिक जीवन र दैनिक काम चाँडै सकिने हुँदा ६ देखि ७ बजे नै सिटी सेन्टरहरु खालि हुन थाल्ने इटलीको विदेश मन्त्रालयले बताएको हो ।  त्यसैगरी क्यानडाले भने सबै नागरिकलाई अमेरिकामा स्वास्थ्य खर्च राम्रो भएपनि अत्यन्तै महङ्गो हुने कुरा याद राख्न भनेको छ । बेलायतले पनि अमेरिकाको अत्यन्तै महङ्गो स्वास्थ्य खर्च बेहोर्न कुनै विशेष व्यवस्था नभएको उल्लेख गर्दै आएको छ । 

यता जर्मनी र फ्रान्सले भने भ्रमणमा जानु अगाडि नै विशेष इन्स्योरेन्स गराउन सुझाव दिने गरेको छ । 

त्यस्तै उरुग्वे र भेनेजुएलाले भने अमेरिकाको विभेदपूर्ण संस्कृति पनि पर्यटकहरुका लागि उत्तिकै खतरनाक हुन सक्ने व्याख्या गरेका छन् । प्रायः सबै सामुहिक गोलीकाण्डा कुनै वर्ग, जाति वा धर्मलाई लक्षित रहने गरेको हुनाले नै सबै सचेत रहनुपर्ने बताएको छ । २०१६ मा मात्र अमेरिकी पुलिसहरुले काला वर्णका निर्दोष युवाहरुलाई केबल आशंकाकै आधारमा गोली प्रहार गरि मारेको घटनाले विश्वव्यापी चर्चा पाएको थियो ।  

फ्रान्सको सुरक्षा निकायले भने अमेरिकाका १३ सहरी क्षेत्रमा प्रकोपको खतरा रहेको बताएको छ ।  यसमा बोस्टनको डोर्चेस्टर, रक्सबरी, रातिको समयमा न्युयोर्क सेन्ट्रल पार्क, डाउनटाउन हस्टन र अट्लान्टलगायत सिकागो, लस एन्जलसका दर्जनौँ छिमेकी समुदायहरुको नाम सूचित गराएको छ ।  इटलीले चाहिँ पूरा सहरको नाम उल्लेख नगरे पनि विशेषगरी स्यानफ्र्यानसिस्कोमा कारको चोरी, फ्लोरिडामा ‘रेड एल्गी’ र न्युयोर्क सिटीको टाइम्स स्क्वायरमा इलेक्ट्रोनिकबाट सचेत रहन भनेको छ । 

त्यस्तै बेलायतले फ्लोरिडाको ग्यास स्टेसन सम्बन्धी पनि सचेत रहन बताएको छ जुन ओर्लान्डो अन्तरािष्ट्रय विमानस्थल नजिकै रहेको र पर्यटकहरुलाई इन्धनको मूल्यमा ठगी गर्ने गरिएको बताएको छ ।  त्यस्तै कुटनीतिक सन्दर्भका चेतावनीहरु पनि जारी गरिएको छ । जस्तै टर्कीले २०१६ मा राष्ट्रपति निर्वाचनपछि पोर्टल्यान्ड र ओरेगनमा जारी राजनीतिक तनाव हिंसामा परिणत भएको उल्लेख गर्दै विभिन्न यात्रागत् चेतावनीहरु जारी गरेको थियो । 

त्यस्तै चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले पनि अमेरिकामा गोलीकाण्ड, लुटपाट र चोरी पर्यटकहरुका लागि जोखिमयुक्त भएको भनदै साधारण ट्राभल अड्भाइजरी जारी गर्ने गरेको छ ।  यता अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीन र टर्की जाँदा विशेष सावधानी अपनाउन र भेनेजुएला चाहिँ सकेसम्म नजान भनेको छ । सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC