site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५/७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक रु एक हजार जरिवानासमेत असूली गरेर सवारी चालक अनुमतिपत्र प्वाल पारेको हो ।

त्यसैगरी लाइसेन्स नभएका ५९ चालकबाट प्रतिचालक रु दुई हजारका दरले जरिवाना उठाइनुका साथै स्मार्ट लाइसेन्स भएकालाई अभिलेख बनाउन सम्बन्धित यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे गर्ने चालकबाट जरिवानास्वरुप गतवर्ष रु एक लाख ५६ हजार ८०० सङ्कलन भएको ट्राफिक प्रहरी काशी थापाले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा मापसे गरी सवारी चलाएका ५५६ चालकको अनुमतिपत्रमा प्वाल पारिएको थियो । त्यस्तैगरी ५६ जना लाइसेन्स नभएकालाई दोब्बर दस्तुर जरिवाना गरी कारवाही गरिएको थापाले बताए । सो वर्ष चालक अनुमतिपत्र भएका चालकबाट प्रतिचालक रु एक हजार र नभएकाबाट प्रति चालक दुई हजारका दरले रु छ लाख ६८ हजार राजश्व सङ्कलन गरिएको थियो ।

 त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ४३८ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । मापसे सेवन गरी सवारी चलाउने चालकको सवारी अनुमति पत्रमा प्वाल पार्नुका साथै रु चार लाख ३८ हजार राजश्वसमेत सङ्कलन गरिएको थियो ।

Global Ime bank

वार्षिक तथ्यांकको विश्वलेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यामा पछिल्ला वर्षहमा कमी हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ट्राफिक प्रहरीले कडाइका साथ मापसे जाँच गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय चालक सचेत भएकाले कारवाही सङ्ख्या घटेको बताए ।

चालक आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएको र मापसे सेवन गर्ने समय पनि परिवर्तन गरेको हुनसक्ने उनको तर्क छ । सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने व्यवस्था छ । पाँच पटकसम्म मापसे गरी कारवाहीमा परेर अनुमतिपत्र प्वाल भए अनुमतिपत्र नै खारेज हुने व्यवस्था छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC