site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुकुरले घाउमा चाटिदिएपछि...
Ghorahi CementGhorahi Cement

एजेन्सी । विदेशमा छुट्टी मनाएर फर्किएकी अमेरिकाकी म्यारी ट्रेनरलाई अचानक ढाड दुख्ने र वाकवाकी लाग्ने र शरीरको तापमान पनि घट्ने बढ्ने हुन थाल्यो । यसपछि उनी आपतकालीन सेवाका लागि अस्पताल भर्ना भइन् । यसरी ९ दिनपछि अस्पतालमा ब्युझिँदा उनले आफ्ना हात र खुट्टा गुमाइसकेकी थिइन् । चिकित्सकहरुलाई उनको गम्भीर संक्रमण पत्ता लगाउन मात्र सात दिन लागेको बताइएको छ । त्यो भन्दा अगाडि उनीहरुले ट्रेनरलाई लामो यात्राका कारण ट्रपिकल रोग लागेको हुन सक्ने आशंका गरेका थिए तर वास्तवमा उनलाई सो अवस्थामा उनैको जर्मन सेफर्ड कुकुरले पुर्याएको पत्ता लागेको हो । उनलाई आफ्नो पप्पी जर्मन सेफर्डबाट संक्रमण भएको रहेछ । 

उक्त कुकुरले उनको सानो घाउमा चाटेपछि नै उनी अत्यन्तै दुर्लभ ब्याक्टेरिया, ‘क्याप्नोसाइटोफागा केनिमोर्सस’ सँग सम्पर्कमा आएकी थिइन् । उनको उपचार गर्ने डाक्टर मार्गरेट कोबका अनुसार आईसीयूमा भर्ना हुँदा उनी अत्यन्तै कमजोर देखिएकी थिइन् र केही समयमै उनी बेहोस भइन् भने उनको छाला रातो–नीलो हुन थाल्यो र बिस्तारै रगत पनि जम्न सुरु भयो । 

Agni Group

डाक्टर मार्गरेट भन्छिन्, “हामीलाई रोग पत्ता लगाउन अत्यन्तै कठिन भएको थियो । यसमा हामीले सबै किसिमको उपचार अपनायौँ र अन्त्यमा मात्र रोग पहिचान गर्न सफल भएका हौँ ।” 

यसरी उनको संक्रमण नाकको टुप्पो, कान र अनुहारमा पनि फैलन सुरु भइसकेको थियो तर उनले आफ्नो अनुहारका कुनै भाग गुमाउनु परेन । तापनि उनका हात र खुट्टा भने बचाउन नसकेको कोबले दुःखी हुँदै बताइन् ।   उनको परिवारले कुनैपनि हालतमा उनका हातखुट्टा बचाउन भनि अन्य विकल्प खोज्न जोड दिएका थिए तर डाक्टरहरुले त्यसका लागि धेरै ढिला भइसकेको खबर गरे । 

Global Ime bank

केही हप्ता अगाडि मात्र हाँसिखुसी भ्रमणमा गएकी ट्रेनरलाई आफ्नो सो अवस्था स्वीकार्न अत्यन्तै कठिन भयो तरपनि उनले आफ्ना कुकुरसँग नटाढिने निर्णय गरेकी हुन् र चिकित्सकहरुको सुझावपछि आफ्ना दुईवटै कुकुरसँग अस्पतालमै भेटेकी थिइन् । यसरी अहिलेसम्म उनमा आठवटा शल्यक्रिया गरिएको र चिकित्सकहरु अहिले उनलाई प्रोस्थेकिट हातखुट्टा प्रदान गर्ने प्रयासमा रहेको बताइएको छ । 

कोबले भनेकी छन्, “यो घटना मेरा लागि संक्रमणको सबैभन्दा डरलाग्दो अवस्था थियो । उनी वास्तवमै मृत्युको एकदम नजिक थिइन् ।” म्यारीका अनुसार उनलाई पनि आफ्नो कुकुरले कन्याएको सानो घाउमा चाटेका बारेमा थाहा थियो ।  विशेषगरी कुकुर बिरालोलगायत जनावरहरुले टोक्दा, घाउमा चाट्दा, चिथोर्दा र धेरै नजिक सम्पर्कमा आउँदा यस किसिमका ब्याक्टेरिया सर्न सक्ने अमेरिकाको ‘युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ , सिडीसीले जनाएको छ । 

तरपनि कुकुर र बिरालो पाल्ने प्रायमा यस्तो समस्या देखिँदैन र  क्याप्नोसाइटोफागाले मान्छेलाई बिरामी बनाउनु अत्यन्तै दुर्लभ घटना भएको चिकित्सकहरुको भनाइ छ । यसमा कमजोर प्रतिरोधक क्षमता भएका मानिस सबैभन्दा संवदेनशील हुन्छन् र संक्रमित व्यक्तिलाई तीनदेखि पाँच दिनमा लक्षण देखा पर्न सक्ने बताइएको छ । यसरी क्याप्नोसाइटोफागा ७४ प्रतिशत कुकुरमा फेला पर्ने गरेको सिडीसीले जनाएको छ । तरपनि २०१५ को रिपोर्ट अनुसार अमेरिकामा १९६१ देखि यससँग सम्बन्धित समस्या ५०० जनामा मात्र भेटिएको छ । सो ब्याक्टेरियाको पहिचान  १९८९ पछि मात्र भएको थियो । सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  ०४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC