site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कम्युनिस्ट नेताहरू ‘दलाल पुँजीवाद’को विरोध बढी नै गर्छन् । उनीहरूका भनाइ पत्याउने हो भने देशको अर्थतन्त्र, समाज, संस्कृति, राजनीति सबैतिर देखिएको समस्याको जड नै ‘दलाल पुँजीवाद’ हो । परन्तु, ‘दलाल पुँजीवाद’ भनेको यथार्थमा के हो भन्ने स्पष्ट भने पार्दैनन् । ‘दलाल पुँजीवाद’ र कम्युनिस्ट पार्टीहरूको सम्बन्ध कस्तो हुन्छ भन्ने पनि जनताले थाहा पाउन सकेका छैनन् । यद्यपि, दलाल शब्दको अर्थ किन्ने र बेच्नेका बीचमा कुरा मिलाएर नाफा खाने व्यक्ति हुन्छ । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एक जना नेता र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले भने नेताहरू पुँजीपतिको दलाली कसरी गर्दा रहेछन् भन्ने छर्लंग बनाइदिएका छन् । सिमेन्ट उद्यमीहरूको एउटा कार्यक्रममा बोल्दै मन्त्रीले उद्योगपतिहरूबाट चन्दा दिएकाले छड, सिमेन्टको भाउँ बढाउँदा विरोध गर्न नसकेको सकारेका छन् । 

बाहिर जति नै चर्का नारा लगाए पनि अहिले राजनीति गर्नेहरू व्यवसायीहरूकै चन्दाबाट पालिएका छन् । महँगो चुनावको खर्च पनि तिनै व्यवसायीको चन्दाबाट धान्नपर्छ । विलासी जीवन बिताउन लाग्ने खर्च पनि तिनै व्यापारी, ठेकेदार, उद्यमीलगायतले बेहोर्ने हुन् । यसैले ठेकेदारले सञ्चालन खर्च लिएपछि निर्माणको अरू काममा ध्यान दिँदैन । ‘कामचोर’ ठेकेदारलाई कारबाही गर्ने कानुन त छ तर कानुन कार्यान्वयन गर्नेहरूले सत्तारुढ दलका कृपापात्र ठेकेदारतिर कर्के आँखाले हेर्ने आँट पनि गर्दैनन् । नेताको चुनावमा लगानी गरेका उद्योगी व्यापारीले मूल्य बढाउन् कि गुणस्तर घटाउन् कानुनले छुन पनि सक्तैन । चुनावमा नेतालाई बुझाएको थैली उठाउने त आखिर राज्यकै सम्पत्तिबाट न हो । इन्भर्टर व्यापारीले लोडसेडिङ बढाएजस्तै ट्यांकर व्यवसायीले मेलम्ची नै अलमल्याइदिन्छन् । लाग्छ, सरकार यिनैको कठपुतली हो ।    

चन्दा दिने रड सिमेन्ट व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी वस्तुको मूल्य बढाउँदा  मन्त्री बोल्न सकेनछन् । भाउ बढेकोमा बोल्न नसक्ने उनीमात्र हैनन् । बरु, के कारणले बोेल्न नसकेको हो भनेर साबिती वयान दिने भने सायद उनीमात्रै हुन् । यो साबिती वयान दिएर मन्त्री धन्यवादका पात्र भएका छन् । चुनावमा व्यवसायीको चन्दाको भूमिका र राजनीतिक नेताहरूमाथि त्यही चन्दाका कारण पर्ने गरेको व्यवसायीको प्रभावप्रति गम्भीर विमर्श नगर्ने हो भने लोकतन्त्र पुँजीपतिका दलालको ढोके बन्न पुग्छ । नेताको निष्ठा किन्नेहरू इमानदार व्यवसायी त पक्कै हैनन् । राजनीतिकर्मीहरूले विलासी जीवन शैली नबदल्ने हो भने व्यवसायीको ‘पापको कमाइ’मा पालिनु पर्नेछ । यसैले ‘दलाल पुँजीवाद’लाई सराप्ने हो भने पुँजीपतिको ‘दलाल’ बन्न तत्काल छाड्नुपर्छ । जनताको ढाड सेक्ने पुँजीपतिको दलाल हुनुभन्दा त बरु दलाल पुँजीवाद’ले जनताको अहित नगर्ला । 
  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC