site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिंहदरबारबाटै हरायो गैंडाको खाग, बाघको दाह्रा र बाह्रसिङेको सिङ
Ghorahi CementGhorahi Cement

काठमाडौं । देशको सबैभन्दा सुरक्षित ठाउँ कुन होला ? धेरैको जवाफ आउनसक्छ– देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार । 

उसो त सामान्य नागरिकले पासबिना प्रवेशै पाउँदैनन् । प्रवेश गर्नुपर्दा पनि कडा चेकिङपछि मात्र प्रवेश गराइन्छ सिंहदरबारमा । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान सबै सुरक्षा अंग सिंहदरबारको सुरक्षामा चौबिसै घण्टा तैनाथ रहन्छ । सिंहदरबार जतिको सुरक्षा संवेदनशिलता अपनाइएको अन्यत्र पाइँदैन ।  

तर, यति धेरै सुरक्षा सतर्कता अपनाइएको सिंहदरबारबाटै बहुमूल्य गैंडाको खाग, बाघको दाह्रा, नंग्रा र जुँगा, बाह्रसिङे र जरायोको सिङ हरायो भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तै आश्चर्यमा परे सिंहदरबारभित्रकै बेलायती बैठक कक्ष पुग्दा राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका संयोजक रामनारायण बिडारी । ग्यालरी बैठकको निरीक्षणमा पुग्दा जब बैठक कक्ष सजाउन राखिएका गैंडाका खाग, बाह्रसिंगे र जरायोको सिङ, बाघको दाह्रा, नंग्रा र जुँगा गायब पारिएको देखियो, सांसद बिडारी अचम्ममा परे । “गैंडाको खाग काटिएको अवस्थामा पाइयो । बाघको नंग्रा, दाह्रा झिकिएको पाइयो । बाह्रसिंगेको सिङ काटिएको पाइयो,” समिति सभापति बिडारीले भने । 

Agni Group

पुरानो रक्षा मन्त्रालय रहेको भवनको माथिल्लो तलामा ग्यालरी बैठक रहेको छ ।

समिति संयोजक बिडारीसहितको टोली पुग्दा बहुमूल्य मानिने गैंडाको खाग, बाघको दाह्रा, नंग्रा, बाह्रसिंगेको सिङ केही समयअघि मात्र काटिएका जस्ता देखिन्थे । त्यसलगत्तै अहिले वन्यजन्तुका अंगको व्यवस्थापनको काममा खटिएका वनका कर्मचारीलाई खाग र दाह्रा नंग्रा, सिङ कता गयो भन्दै जिज्ञासा राखेका थिए । सो क्रममा उनीहरुले आफूहरुलाई जानकारी नभएको बताएपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सचिव सुदर्शन खड्काले तत्काल छानबिन थाल्न निर्देशन दिएका थिए । 

Global Ime bank

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको कार्यक्षेत्रमै पर्छ, राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापनको विषय । त्यहीअन्तर्गत ग्यालरी बैठकको निरीक्षणमा पुगेका थिए । तर, ग्यालरी बैठकको सुन्दरता बढाउन राखिएको जनावरका बहुमूल्य अंगबाहेक काम नलाग्ने भागमात्र फेला पर्यो । बैठककक्षमा अलपत्र रहेका वन्यजन्तुका अंगको व्यवस्थापनको काम भइरहेका बेला बिडारीसहितको टोली बिहिबार बैठक कक्ष प्रवेश गरेको थियो ।

‘ग्यालरी बैठक हेर्नेलाई कारबाही गर्नुपर्ने देखियो’

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिडारीले ग्यालरी बैठक ०७२ यता पूरै बेवास्तामा परेको बताएका छन् । उनले वन्यजन्तुको महत्वपूर्ण अंग हराएको मात्र होइन, अन्य सामग्री पनि कामै नलाग्ने अवस्थामा पुगुञ्जेल नहेरेको भन्दै ग्यालरी बैठक हेर्ने जिम्मा पाएकाहरुलाई कारवाही गर्नुपर्ने बताए । “राणा श्री ३ ले बेलायतबाट ल्याएका महँगा सोफासेट, कार्पेट, कलात्मक थाङ्काहरु, विभिन्न प्रकारका आर्ट, तस्बिरहरु सबै ढुसी परेर नष्ट भएको छ,” सभापति बिडारीले बाह्रखरीसँग भने, “ग्यालरी बैठक हेर्ने जिम्मा कसको हो ? त्यसलाई तत्काल भ्रष्टाचार मुद्दा लगाउने वा कानुनी कारवाही गर्नुपर्ने देखिन्छ ।”

अखेटोपहार संरक्षणका लागि बनेको छ समिति
नारायणहिटी दरबार, हनुमानढोका दरबार र बेलायती बैठक सिंहदरबारमा रहेका अखेटोपहार तथा  वन्यजन्तुको संरक्षणका लागि समिति गठन भएको छ । प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको निर्देशनपछि गठित सो समितिले एक महिनाभित्र ती ३ स्थलमा रहेको अखेटोपहार संरक्षणका लागि प्रतिवेदन बुझाउनुपर्नेछ ।  वन तथा वातावरण मन्त्रालयको संयोजनमा अहिले ती स्थानमा काम भइरहेको समितिले जनाएको छ ।

समितिको संयोजकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक छन् भने गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो, प्राकृतिक विज्ञान प्रयोगशाला, विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय काठमाडौं, सम्बन्धित कार्यालयको प्रमुख वा संग्रहालय प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् रहेको समिति बनेको छ । सो समितिले साउन साउन एक गतेदेखि काम थालेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC