एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व फर्वाड लुइस साहाले खेलाडीको कमजोर फर्मले गर्दा युनाइटेडमा महँगा खेलाडीहरु अनुबन्धन गर्नुपर्ने अवस्था आएको बताएका छन् । युनाइटेडले लिसेस्टर सिटीबाट ह्यारी मगायरलाई ८६.५ मिलियन युरोमा किनेको छ । यसैगरी युनाइटेडले क्रिस्टल प्यालेसबाट २१ वर्षीय आरोन भान विसाकालाई ५९ मिलियन युरोमा अनुबन्ध गरेको थियो । युनाइटेडको प्रतिद्वन्द्वी सिटीले जोओ क्यान्सेलो र काइरन टाइर्नेलाई युनाइटेडको भन्दा निकै कम मूल्यमा अनुबन्ध गरेको छ ।
साहाले गएको सिजन युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्न नसकेका कारण यो सिजन महँगा खेलाडी अनुबन्धन गर्ने अवस्था आएको बताएका छन् । साहाले भने, “युनाइटेडले खेलाडीहरुलाई धेरै रकममा अनुबन्धन गरेको छ । किनकी उनीहरुलाई अहिले राम्रो डिफेन्डरको आवश्यक्ता रहेको छ । मलाई लाग्छ तिनीहरुको मूल्य निकै कम हुनपथ्र्यो । युनाइटेडबाट बाहिर गएका खेलाडीहरुको पोजिसन नयाँ टिममा अर्कै रहेको छ ।”
युनाइटेडले गएको सिजन घरेलु लिगमा छैटौं स्थनमा रहँदै सिजनको अन्त्य गरेको थियो । युनाइटेडले यो सिजन च्याम्पियन्स लिग खेल्न भने पाउने छैन । पूर्व खेलाडी साहाले म्यान्चेस्टरमा २००४ देखि २००८ को सिजन सम्म खेलेका थिए । ८६ लिग खेल खेलेका साहमले २८ गोल गरेका थिए ।