site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

निजामती कर्मचारीले नटेरेको र सामूहिक सौदावाजी गरेको बहाना बनाएर कम्युनिस्ट सरकारले तिनको संविधान प्रदत्त स्वतन्त्रताको हक कुण्ठित गर्न उद्यत देखिएको छ । केही समय पहिले गुठीसम्बन्धी विधेयकका नाममा नेपाली समाजको सांस्कृतिक आधार भत्काउन संविधानको धारा २६ मा उल्लेख भएको धार्मिक स्वतन्त्रताको हकमा आक्रमण गरेका थिए । जनताको चर्को दबाब नपरेको भए अहिले परम्परागत सबै गुठी लोप हुन्थे । अहिले धारा २५ को सम्पत्तिको हकको मर्ममा प्रहार गर्नेगरी भूमिसम्बन्धी विधेयक पारित गराएको छ । यही क्रममा कर्मचारीको ट्रेड युनियन खारेज गर्ने र सामूहिक राजीनामा स्वीकार गर्ने जस्तो खतरनाक प्रावधान भएको ऐन बनाउने तयारीमा सरकार लागेको देखिन्छ । यी सबै प्रयत्नहरू व्यक्तिलाई सरकारको कृपामा निर्भर कमजोर बनाउने अधिनायकवादी रणनीतिअनुसार भएको हुनुपर्छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकार दुवैको चरित्र र प्रवृत्तिले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा शंका बढ्दै गएको छ । नेपालको संविधान, २०७२ स्वीकार गरेर निर्वाचनमा सहभागी भएका तत्कालीन  नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) चुनावपछि एकीकृत भए । चुनावभन्दा पहिले नै उनीहरूले पार्टी एकीकरण गर्ने वाचा गरेका थिए । तर, चुनावमा कुनै पनि दलले बहुलवादी नेपाली समाजको चरित्र परिवर्तन गर्ने घोषणा गरेका थिएनन् । यसैगरी देशका लोकतान्त्रिक संस्था र वैयक्तिक स्वायत्ततामा प्रहार गर्ने घोषणा पनि चु्नावमा गरेका थिएनन् । अर्थात्, चुनावका बेला तत्कालीन एमाले र माओवादी केन्द्रले दुवैले परम्परागत कम्युनिस्ट पार्टीको जस्तो नभएर लोकतान्त्रिक वामपन्थी दलहरूकै जस्तो धारणा जनतासमक्ष प्रस्तुत गरेका थिए । तर, पार्टीका नेता र सरकारी पदाधिकारीका सरकार गठन भए यताका बोली तथा सरकारको अभ्यास हेर्दा कम्युनिस्ट अधिनायकवाद थोपर्न नियोजित प्रयत्न थालिएको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्रमा राज्यको मूल दायित्व व्यक्तिको अधिकार र स्वतन्त्रताको रक्षा गर्नु हो र सरकारका सबै संयन्त्र नागरिकको हक र हितको प्रबर्धनमा केन्द्रित हुन्छन् । अधिनायकवादमा भने सरकारका सबै प्रयास शासक र सत्ताको सुरक्षामा केन्द्रित हुन्छन् । आफ्ना कार्यकर्ताले कब्जा गरेको गुठीको जमिनलाई वैधता दिलाउन गुठी नै हरण गर्ने नियोजित रणनीतिअनुसार कानुन बनाउन खोजिएको हुनुपर्छ । काठमाडौंमा विरोध प्रदर्शन गर्नै नमिल्ने गरी ठाउँहरू तोकेर सरकारले पहिले नै यसको छनक दिइसकेको थियो । मेडिकल माफियाको स्वार्थका लागि सरकार आफैँले गरेको सम्झौता ऐन बनाउँदा उल्लंघन गरिदियो । प्रवृत्ति र नियत नै अधिनायकवादी भएकाले होला सरकारको चित्त भने त्यतिले पनि बुझेको देखिएन । 

अधिनायकवादी शासक धूर्त पनि भए भने लोकतान्त्रिक अभ्यास र संस्थामाथि पहिले आक्रमण गर्छन् । यही क्रममा निजामती कर्मचारीको संगठित हुने अधिकार खोस्ने प्रयास भएको हुनुपर्छ । कार्यकर्ता भर्ती गर्ने र महाभियोगको अश्त्र देखाउने गरेर न्यायाधीशको तेजोबध गर्ने गरिएकै छ । लोकसेवा छलेर कर्मचारी भर्ना गर्ने सरकारी चाहनाले पनि सत्तारुढ दलका नेताहरू प्रशासन संयन्त्रमा कार्यकर्ता भर्ती गर्न चाहन्छन् भन्ने स्पष्टै हुन्छ । यसैले, कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गरेर ठाउँ खाली गर्न अहिले यो प्रावधान राखिएको हुनुपर्छ । यसैले सत्तारुढ दलका कार्यकर्ताबाहेक अरू कर्मचारीले अब आन्दोलनका कार्यक्रम बनाउँदा बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ । लोकतन्त्रमाथि सरकारले सुरु गरेको अतिक्रमणविरुद्ध नागरिकका साथै सबै व्यावसायिक संगठनहरू पनि सजग हुनुपर्छ । नत्र, बिस्तारै मुलुकलाई अधिनायकवादको अन्धकारमा पुग्नेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC