राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसद भवनमा एसी नचल्दा गर्मीमा गुम्सनुपरेको भन्दै गुनासो गरेकी छन् । बिहीबार शून्य समयमा बोल्दै सांसद परियारले ३ दिनसम्म पनि एसी बनाउन नसक्नु संसद् सचिवालयको लापरवाही भएको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन पनि सभामुखसँग आग्रह गरिन् ।
“यस सभाहलमा केही दिनदेखि एसी छैन । अहिले यति धेरै गर्मी बढेको महिनामा गुम्सिएर बस्नुपरेको छ । सुनिन्छ, एसीमा पानी छैन । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो ?” उनले भनिन् ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६ १३:३६
प्रतिक्रिया दिनुहोस्