site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खानपान र जीवनशैलीमा ध्यान नदिँदा नेपालमा करिब ९ प्रतिशत मानिसमा मधुमेह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।  नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ । परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा दोस्रो नम्बरमा मधुमेह देखिएको थियो । 

उक्त अध्ययनमा मधुमेहका बिरामी सबैभन्दा बढी प्रदेश ३ मा ११ दशमलव पाँच प्रतिशतमा देखिएको छ भने सबैभन्दा कम मधुमेहका बिरामीहरु कर्णाली प्रदेशमा देखिएका छन् । जुन ३ दशमलव २ प्रतिशतमा देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, प्रदेश १ मा ७ दशमलव ७ प्रतिशत मानिसमा मधुमेह देखिएको छ भने प्रदेश २ मा ८ दशमलब ५ प्रतिशत मानिसमा देखिएको छ । गण्डकी प्रदेशमा ६ दशमलव ७ मानिस मधुमेहबाट ग्रसित रहेका छन् । प्रदेश ५ मा ९ दशमलव ६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २  प्रतिशत प्रभावित भएका छन् ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योती भट्टराईले पछिल्लो समय खानपान जीवनशैलीका कारण ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा मधुमेह रोग बढी देखिने गरेको बताए । 

“परिवारको कुनै सदस्यलाई मधुमेह भएको छ भने त्यो परिवारको अन्य सदस्यलाई पनि मधुमेह हुने खतरा बढी हुन्छ,” उनले भनिन्, “गर्भवती महिलामा मधुमेह भएको छ भने उसको बच्चालाई पनि मधुमेह हुने खतरा बढी हुन्छ ।”

Global Ime bank

उनले परिवारको कुनै पनि सदस्यलाई मधुमेह देखिएको छैन् भने ३० वर्ष नाघेपछि नियमित रुपमा सुगर चेकजाँच गनुपर्ने बताए ।  मधुमेह रोग विशेषज्ञ डा. सन्देश पन्थीले पहिला–पहिला ४० वर्ष नाघेपछि देखिने मधुमेह रोग पछिल्लो समय २० वर्ष नाघेपछि नै देखिने गरेको बताए । 

“कतिपयमा विना लक्ष्ण नै मधुमेह देखिने गरेको छ,” उनले भने, “मधुमेहको लक्षण देखिएमा शरिर आलस्य हुने, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, दृष्टिमा समस्या पैदा हुने, जिउ गलेको महसुस हुनु, धेरै मुख सुक्ने खुट्टामा घाउ हुने वा सुनिने र पेटमा समस्या आउने आदि समस्या देखिने हुन्छ ।” 
मधुमेह रोग लागेका मानिसले सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने औषधी र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवम् व्यवस्थापन गर्न सकिने उनले बताए । 

नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुणा बढी हुने हुन्छ । हरेक स्वस्थ मानिसले वर्षमा एकपटक मधुमेहको चेकजाँच गराउनु पर्ने मधुमेह रोग विशेषज्ञहरुले बताएका छन् । मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मधुमेह संगठनले जनाएको छ । हाल विश्वमा ४२ करोड मानिसमा मधुमेह रहेको संगठनले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC