site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुलमा शक्तिशाली विस्फोट, ९५ जना घाइते 
Sarbottam CementSarbottam Cement

अफगानिस्तानको राजधानी काबुलस्थित प्रहरी चौकी बाहिर भएको शक्तिशाली विस्फोटमा परी कम्तिमा ९५ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे विस्फोट भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् । उनका अनुसार सवारीसाधन चेकजाँचका लागि चेकपोइन्टमा रोकिएको अवस्थामा प्रहरी चौकी बाहिर विस्फोट भएको हो । 

स्वास्थ्य मन्त्रालयका प्रव्कता वाहीदुल्लाह मायरले घाइते भएका ९५ जनमा अधिकांश सर्वसाधारण नागरिक भएको बताएका छन् । जसमा महिला तथा बालबालिका बढी छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ कुनै पनि किसिमको मानवीय क्षति नभएको पुष्टि गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त विस्फोटसँगै ठूलो धुवाँको मुस्लो निस्किएको थियो । स्थानीय एक पसलेले एएफपीलाई दिएको जाकारी अनुसार उक्त विस्फोटसँगै नजिकै रहेका घरहरुका सिसा हावासँगै उडेका देखिन्थे । उनले भने, "विस्फोटसँगै मलाई रिंगटा लाग्यो । मलाई वास्तवमै के भएको हो भन्‍ने अहिलेसम्म थाहा छैन । तर, मेरो होस रहेसम्म करिब एक किलोमिटरको दूरीसम्मका पसलहरुका झ्यालका सिसाहरु फुटेका थिए ।"

उक्त हमलाको तालीबान समूहले जिम्मेवारी लिएका छन् ।  यसअघि मंगलबार आन्तरिक मन्त्रालयका कर्मारी बोकेको भ्यानमा गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । 
अलजजिरा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC