site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मेलम्चीको पानी मेरै पालामा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, “यहाँ बोल्ने माननीयज्यूहरुले २४ वटा मन्त्री फेरिए तर मेलम्ची आएन भन्नुभो । यो सरकार अघिल्ला सरकारजस्तो होइन । तपाईंहरु सबै ढुक्क हुनुस्, अब २४ औं मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौंबासीले खान पाउँछन् ।”

मेलम्चीका विषयमा आफूले सांसदहरुबाट धेरै पटक धेरै प्रश्न सुनेको र आफूले पनि धेरै पटक जवाफ दिइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं आउने प्रतिवद्धता दोहोर्याइन् । 

नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिनेसमेत मन्त्री मगरले बताइन् । “सीएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिन सरकारको र मन्त्रीको कुनै भूमिका छैन । सिएमसी टाट पल्टिएकाले नेपालमा मात्रै होइन अरु देशमा पनि असफल देखिएको कुरालाई माननीयज्यूहरुले आत्मसात् गर्नुपर्यो,” उनले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको सबै क्षेत्रमा खानेपानी वितरण, स्रोत संरक्षण र पहिचान र व्यवस्थापन गर्न मन्त्रालयले खानेपानी विधेयक तयार गरिसकेकाले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै नै हासिल गर्ने मन्त्री मगरले बताइन् ।

“हिमाल, पहाड र तराईलाई केन्द्रित गरेर र वर्षाको संकलन गरेर पानीको वितरणको तयारीमा छौं । सस्ता खालका केही आयोजना सञ्चालन गरेर खानेपानी पूर्तिको योजना बनाएका छौं । सम्भव भएका स्थानमा डिप बोरिङ गर्नेछौं । धेरै आयोजना निर्माणाधीन छन् । देशभर ९२ प्रतिशत खानेपानी पुर्याउने प्रतिवद्धतामा केन्द्रित रही आधारभूत खानेपानीको परिपूर्ति र निर्यात गर्ने लक्ष्यमा छौं,” मन्त्री मगरले भनिन्, “जथाभावी डोजर चलाएका कारण पानीका मुहान सुकेका छन् । डोजरको जथाभावी सञ्चालन रोक्न पहल गरेका छौं । चुरे–भावर क्षेत्र संरक्षणमा सबै जुट्नुपर्छ । सबै निकायले पानीको मुहान संरक्षणका काम गर्नुपर्छ ।”

Global Ime bank

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकेका पानीका मुहान संरक्षण र खानेपानीको सम्भावित स्रोत पहिचानमा मन्त्रालयले अध्ययन गरिरहेको पनि मन्त्री मगरले बताइन् । “उपत्यकामा खानेपानीका धेरै स्रोतहरु सुकेका छन् । हाम्रो मन्त्रालयको एउटा निकायले डेढ वर्ष लगाएर खानेपानीको सन्दर्भमा अध्ययन गरेको छ । ढुङ्गेधाराको पानी परीक्षण र स्रोत पहिचान र पुर्खाले बनाएका ढुङ्गेधारा र पोखरीको अध्ययन गरेको छ । कतिपय पोखरीमा घर बनाएको भेटिएको छ,” मन्त्री मगरले भनिन् ।

जमिनमा पानीको रिचार्ज आवश्यक रहेकाले यसपलि सानै भए पनि जमिन रिचार्जको अध्ययन गरेको संसदमा उनले जानकारी गराइन् । काठमाडौंलाई फोकस गरेर ढुङ्गेधाारा र पोखरीको कनेक्सन लागू गर्ने काम यही वर्षाबाट सुरु गरिने उनले बताइन् । खानेपानीको परिपूर्तिका साथै डिपबोरिङ र जमिनबाट निकालिने पानीको आर्सेनिक लगायतले पारेको समस्याले उत्पन्न भएका समस्या समाधान गर्न पनि मन्त्रालयले काम सुरु गरेको मन्त्री मगरले उल्लेख गरिन् ।

सहरका नदीको पानी प्रशोधन गरिने

मन्त्री मगरले काठमाडौंलगायत देशका प्रमुख नदी सरसफाई र पानी प्रशोधन गरिने बताइन् । “बाग्मती केही महिनामै प्रशोधन गरिने छ । बाग्मती सफा पानी बगेको हेर्ने दिन अब त्यति पर छैन । देशका अन्य नदीलाई सफा गरिने विषयलाई पनि विधेयकमा समेट्न खोजेका छौं । विधेयकमा अन्य सहरका नदीलाई पनि सफा बनाउने विषय समेटेका छौं,” मगरले भनिन् । 

उपत्यकाका केही स्थानमा खानेपानीका मुहान मासेर घर बनेकाले खानेपानीको मुहान कुनै समुदाय वा व्यक्तिको नियन्त्रणमा रहन नदिन तिनलाई सरकारको पहुँचमा ल्याउन लागेको पनि मन्त्री मगरले बताइन् ।

सांसद रेखाकुमारी झाले खानेपानीका अधिकांश स्रोत सुकेको भन्दै मन्त्री मगरको ध्यानाकर्षण गराइन् । साथै चुरे संरक्षणका लागि मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताइन् । यस्तै सांसद डिला सङ्ग्रौला पन्तले सरकारले ९२ प्रतिशतलाई शुद्ध खानेपानी वितरण गर्ने बताए पनि हाल ३० प्रतिशत जनताले पनि शुद्ध खानेपानी नपाएको बताइन् । 

यस्तै सांसद आशाकुमारी बिकले दलित समुदायले निजी धारा जडान गर्ने पहँच नपुगेको र सार्वजनिक धारामा पानी भर्न जाँदा भेदभाव भोग्नु परेको भन्दै दलित समुदायलाई निजी धारा राख्न सरकारले पहल गर्नुपर्ने बताइन् ।

सांसद प्रकाश रसाइलीले मेलम्ची आयोजनाको काम मन्त्रालयले ३ प्रतिशत बाँकी रहेको बताएको तर त्यति काम गर्न मन्त्रालयले ढिलाइ गरेकोबारे प्रश्न उठाए ।    

 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC