site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सांसद बस्नेतको सुझाव– गाडी पखालेरमात्रै काठमाडौं पस्न दिऔँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । सांसद महेश बस्नेतले धूलोधूवाँ मुक्त सहर बनाउन काठमाडौं भित्रने गाडीलाई पखालेरमात्रै प्रवेश दिइनुपर्ने तर्क अघि सारेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले काठमाडौं भित्रने गाडीलाई अनिवार्य पखाल्नुपर्ने र ढुंगा, बालुवा बोकेका ट्रकलाई गुड्न रोक लगाइनुपर्ने तर्क अघि सारेका हुन् ।

Agni Group

“सहरमा सोलारबाट चल्ने गाडीहरूलाई प्रोत्साहन गर्ने, सहर पस्ने गाडीहरूलाई धुने पखाल्ने व्यवस्था गर्नुपर्छ,” उनले भने । खानेपानी नआउँदा महसुल तिर्नु नपर्ने र खानेपानीलाई घरेलु उद्योगको रूपमा स्वीकार गरिएको भन्दै उनले विधेयकको स्वागत गरे ।

उत्सर्जित फोहोरको व्यवस्थापन गर्न सांसद बस्नेतले चाउचाउका खोल र पोलिथिन झोला फिर्ता गर्दा एक रूपैयाँ भुक्तानी दिने चलनको विकास गर्नुपर्ने तर्क गरे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC