site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

केही वर्ष पहिलेसम्म जनताले चासै नलिने विषयमा पनि अहिले खोजीनिती गर्न थालेका छन् । नेताहरूको जीवन शैली अहिले त्यस्तै जन चासो र निगरानीको विषय बनेको छ । हालै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्ष सपरिवार दुबईको महँगो होटलमा साता दिन जति बिताएर फर्केका छन् । नेकपाकै अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणका सन्दर्भमा सिंगापुरमा पुगेका छन् । प्रधानमन्त्री ओली त यसै पनि दलबलसहित हुनु स्वाभाविकै हो । सरकारका प्रवक्ताले प्रधानमन्त्रीको सिंगापुर भ्रमणमा सरकारले हवाई टिकटको खर्चमात्र बेहोरेको जानकारी दिएका छन् । अरू खर्च कुन स्रोतबाट कसरी बेहोरियो भन्ने विषयमा जानकारी दिइएको छैन । अर्का अध्यक्षको भ्रमण खर्चका बारेमा त  झन् कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन । विपक्षले प्रश्न नउठाए पनि जनताले यसमा चासाे राख्न थालेका छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनीहरूको भ्रमण खर्चको स्रोतका बारेमा व्यापक चर्चा भएको छ । विशेषगरी, उनीहरूको पारिवारिक पृष्ठभूमि र सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा यति महँगा भ्रमणहरूको खर्च आफ्नै सम्पत्तिबाट भयो भनेर पत्याउन सकिँदैन भन्नेहरू धेरै देखिएका छन् । सिंगापुर भ्रमणकै बेलामा करको मामिलामा विवादास्पद एक व्यवसायी प्रधानमन्त्रीका सहयोगीसँगै देखिएको तस्बिर पनि निकै व्यापक भएको छ । ती विवादास्पद व्यवसायी र प्रधानमन्त्रीको सिंगापुर भ्रमण संयोगमात्र पनि हुनसक्छ । तर, यता सरकारले खर्च नबेहोरेको भन्ने र उता त्यस्ता व्यवसायी सोही समयमा देखिनुले सन्देह सम्बन्धको सन्देह हुनु अस्वाभाविक पनि हैन । अर्का अध्यक्षको त विदेश भ्रमणको मात्र हैन देखभित्रैको पनि विलासी जीवन शैलीको खर्च राज्यले प्रकटरूपमा दिएको पारिश्रमिकबाट पुग्ने देखिँदैन ।  लाग्छ, सत्तामा पुग्नेबित्तिकै राजनीतिक नेताहरूले गाढ धन भेट्टाइहाल्छन् । तर, कानुन मान्ने हाे भने अदृश्य ढुकुटी वा गाढ धन भेटियो नै भने पनि त कर नतिरी त्यो वैध हुँदैन ।

अस्वाभाविक जीवन शैली नेपालको प्रचलित कानुनमा भ्रष्टाचारको एउटा प्रमाणका रूपमा परिभाषित भएको छ । त्यस आधारमा हेर्दा नेपालका अधिकांश राजनीतिक नेताहरूको जीवन शैली भ्रष्टाचारको परिभाषाभित्र पर्ने देखिन्छ । सत्तारुढ नेताहरूले आफ्नो आर्थिक हैसियतले नधान्ने जीवनशैली अपनाउन व्यापारी व्यवसायीसँग सहयोग लिने गर्छन् । त्यसरी नेताहरूलाई गरेको सहयोग व्यवसायीले नाफासहित उठाउँछन् राज्यको ढुकुटीबाट । प्रधानमन्त्रीको भ्रमणका बेलामा सिंगापुरमा देखिएका व्यवसायीविरुद्ध कर छलीको मुद्दा छ । ‘मार्सी भात’ र ‘घरबेटी ठेकेदार’ नेपाली समाजमा सत्तारूढ दलका नेताका कृपापात्र व्यवसायी चिनाउने विम्ब बनेका छन् । नेताहरूलाई आफ्ना कार्यकर्ता, चाटुकार र कर्मचारीले जे सुनाउँछन् त्यही सत्य लाग्न सक्छ । अरूका आँखाबाट आफूलाई हेर्ने बिरलैले गर्छन् । तर, यथार्थ अर्कै हुन्छ । प्रधानमन्त्रीका हकमा सन्दिग्ध स्रोतको पैखा खर्च गर्नुभन्दा आवश्यक रकम राज्यले नै पारदर्शीरूपमा बेहोर्नु उचित हुन्छ । अर्का अध्यक्ष, विपक्षी दलका नेतालगायत सार्वजनिक जीवनका सबैले आफ्नो जीवनशैली पारदर्शी आयव्ययबाट चलाउन सकिने बनाउनुपर्छ । जनताले थाहा पाइसकेका छन् । थाहा नपाएको स्वाँग सायद धेरै दिन नगर्लान् ! 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC