site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘शाओमी रेडमी ७ ए’ नेपाली बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  शाओमी विश्वव्यापी टेक्नोलोजी लिडरले सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अपग्रेड गरेर कम्पनीले ११ हजार ५ सय रुपैयाँमा रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको हो । यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी आईएकएक्स४८६क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् ।
गुणस्तरमा विशेष ध्यान दिँदै आएको शाओमीले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय ब्राण्डको अनुभव प्रदान गर्ने फोनहरु उपलब्ध गराउँदै आइरहेको छ । यस ब्राण्डले ग्राहकलाई उच्च गुणस्तरीय उत्पादनका साथै दिर्घकालिन सेवा प्रदान गर्ने प्रतिबद्धतासँगै रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरेको छ । 
यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नेपालका एमाई फ्यानलाई नयाँ रेडमी ७ ए फोन ल्याउन पाउँदा खुसी भएको बताउँदै  रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरेको प्रस्ट पारे ।  १२ एमपी सोनी आईएकएक्स४८६ सेन्सर क्यामेराको अनुभव प्रदान गर्ने २ जिएचजेड ओक्टा–कोर क्वालकम स्न्यापड्रेगन ४३९ ले संचालित रेडमी ७ ए मा अविश्वसनीय विशेषताहरु रहेका छन् । साथै, रेडमी ७ ए ४००० एमएएच ब्याट्री  भएको रेडमी “ए” सिरिजकै पहिलो यस प्रकारको स्मार्टफोन हो ।  
रेडमी ७ ए मा २ जिएचजेट सक्षम ओक्टा–कोर स्न्यापड्रेगन ४३९ र उच्च क्षमता भएको ४००० एमएएच) ब्याट्री रहेको छ जसले दुई दिनसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ ।
रेडमी ७ ए मा १२ एमपी सोनी आइएमएक्स४८६ सेन्सर रहेको छ जुन सेन्सर भएको यस सेगमेन्टकै पहिलो फोन हो । फोनमा उत्कृष्ट पोर्ट«ेट सेल्फीका लागि एआई पोर्ट«ेट मोड सहितको ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।
प्रयोगकर्ताका अनुभवलाई अझै बढाउन रेडमी ७ ए मा वायरलेस एफएम रेडियो छ । उत्कृष्ट भिविङ एन्गलका साथ यसमा १३.८ सीएम (५.४५) १८ः९ एचडी प्लस फूल स्क्रिन डिस्प्ले रहेको छ । रेडमी ७ ए मा डूअल सिम प्रयोग गर्न सकिन्छ साथै यसमा डेडिकेटेड माइक्रो एसडी कार्ड सल्ट रहेको छ जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ । रिइन्फोर्सड कर्नर र स्प्ल्यास प्रुफ डिजाइनले गर्दा फोन खस्दा वा पानीमा भिज्दा पर्ने जोखिमबाट बचाउँछ ।
रेडमी ७ ए म्याट ब्लाक र म्याट ब्लु भेरियन्टमा उपलब्ध छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC