site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विराटगर जुटमिलमा भ्रष्टाचार भएकै छः डा. संग्रौला
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले विराटनगर जुट मिल कारखानामा भ्रष्टाचार भएको दाबी गरेकी छिन् । मंगलबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद डा. संग्रौलाले जुट मिलमा भ्रष्टाचार भएको दाबी गरेकी हुन् । 

“नेपालको सबैभन्दा पुरानो ऐतिहासिक उद्योग विराटनगर जुट मिलमा भ्रष्टाचार भएको छ,” उनले दाबी गरिन् । सांसद संग्रौलाले जुट मिलको अध्यक्ष हुँदा नीलहरि काप्mलेले पार्टपुर्जादेखि पर्खाल भत्काएर इँटासमेत बिक्री गरेको आरोप लगाइन् । 

Agni Group

उनले अर्का अध्यक्ष वसन्त वनले जुट मिलको सेयर मूल्य घटाउनुका साथै स्थानीयलाई दिएको सेयर सरकारका नाममा रहेको भन्दै ढाँटेको दाबीसमेत गरिन् ।

“नीलहरि काफ्ले यस मिलको अध्यक्ष भए । मिलका पार्टपुर्जामात्र बिक्री गरेनन् यहाँका इँटा पर्खालहरु भत्काएर पनि बेचे,” उनले भनिन्, “जब वसन्त वन अध्यक्ष भए, उनले जुट मिटलको ६८ प्रतिशत सेयरलाई ३२ प्रतिशतमा झारे । त्यहाँका स्थानीयबासीले विरोध गर्दा उनले भने– ६८ प्रतिशत शेयर सरकारको नाममा छ । तर, सेयर आज पनि सरकारको नाममा छैन । जुन कुरा रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरले स्पष्ट पारिसकेको छ ।” 

Global Ime bank

सांसद संग्रौलाले वनले मिलका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी ल्याएको भन्दै मिलबाट उत्पादन भएको सुतली बेचेको रकम हिनामिना गरेको पनि दाबी गरिन् । उनले जुट मिलका कर्मचारीहरु तलबले नपाएको पनि संसदलाई जानकारी गराइन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC