site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नक्कली प्रमाणपत्रधारीहरू सरकारी सेवामा  जताततै भेटिएका छन् । केही दिन पहिले इन्जिनियरको पनि प्रमाणपत्र नक्कली भएको अभियोगमा प्रहरीले पक्रेर कारबाही चलाएको थियो । सबैभन्दा धेरै जाली प्रमाणपत्रधारी सम्भवतः शिक्षकहरू होलान् । यसैले चिकित्सकहरूमात्रै अपवाद हैनन् । तर, जिम्मेवारी, सामाजिक मर्यादा र दायित्वका कारण चिकित्सकको समाजमा विशेष स्थान हुन्छ । यसैले चिकित्सकहरूको छवि र व्यवहारप्रति समाजमा विशेष अभिरुचि रहेको हुन्छ । समाजले आदर्श मानेका यिनै चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली फेला पर्दा र कानुनी कारबाही सुरु गर्दा उल्टै उनीहरू नै प्रतिरोधमा उत्रँदा जनतामा निराशा र आक्रोश उत्पन्न हुनु स्वाभाविकै हो ।  नेपाली समाजमा यस्तो व्यवहारलाई सामान्यरूपमा लिइए पनि यो आपत्तिजनक र लज्जास्पद घटना हो । यसले संघकै साख गिराएको छ । सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोग लागेकाहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेर पनि यही सन्देश दिएको छ ।
 
सत्य, न्याय र नैतिक मूल्यको उपेक्षा हुन थालेपछि समाज ओरालो लाग्छ । नेपाली समाजमा क्षयोन्मुखताका सबै लक्षण देखिन थालेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रधारी चिकित्सकहरूको खोजतलास र कारबाही सुरु गरेपछि देखिएको विरोध र असहयोगका घटना नैतिक मूल्यमा आएको ह्रासको उदाहरण हो । प्रहरीले नक्कली प्रमाणपत्र पेस गरेर चिकित्साशास्त्र पढेका केही व्यक्तिलाई पक्रेर कारबाही चलाएपछि नेपाल चिकित्सक संघ संस्थागतरूपमै विरोधमा उत्र्यो । वीरगन्जमा त चिकित्सकहरूले सेवासमेत बन्द गरे । समाज सञ्चालनका केही विधि र निषेध हुन्छन् । राज्यले त्यस्ता विधि र निषेधको पालना गराउँछ । तर, राज्यको दण्डविधान भन्दा पनि सभ्य समाजको सञ्चालनमा नैतिक मर्यादा महत्त्वपूर्ण हुन्छ । नैतिक मर्यादाबाट च्युत हुन थालेपछि समाज बिस्तारै क्षयोन्मुख हुन्छ । फलस्वरूप अपराधीहरू नेता बन्न पुग्छन् भने व्यापार व्यवसाय तस्करहरूको कब्जामा पुग्छ । शासनमा विधिभन्दा व्यक्तिको हैकम चल्छ । समाजमा दण्डहीनता बढेर जान्छ । दुर्भाग्य, अहिले हामी यही अवस्माथा छौं ।
 
समाजलाई ह्रासको यो भासबाट बाहिर निकाल्न नसके राष्ट्रकै भविष्य समाप्त हुन्छ । यसैले नैतिक मूल्य र सामाजिक मर्यादाका पक्षधरहरूले राजनीतिक वा व्यावसायिक घेराबाट माथि उठेर सही र गलत छुट्याउन तथा प्रकट गर्न हिचकिचाउनु हुँदैन । अँध्यारो ओरालोतिर लागेको समाजलाई उज्याल्योतर्फ उन्मुख गराउने अभियानको नेतृत्व गर्नेहरू नै सही अर्थमा राजनेता हुनपुग्छन् । यसैले नक्कली प्रमाणपत्र खोजतलास अभियानलाई सबैले सहयोग गर्नु आवश्यक छ । यस्तै, नक्कली प्रमाणपत्र पेस गरेर पढ्ने वा काम गर्नेहरूले पनि त्यसरी पाएको अवसर छाडेर स्वेच्छाले प्रायश्चित्त गर्न सके समाजमा मर्यादा  स्थापित गर्न सहयोग पुग्नेछ । अाफूले दिएको सजायले सबैभन्दा बढी पाप कटनी हुन्छ र शान्तिको अनुभव हुनसक्छ ।  नैतिक वैधता कानुनी हैकमभन्दा धेरै सशक्त जो हुन्छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७३  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC