जम्मु-काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो : गृहमन्त्री शाह

जम्मु-काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो : गृहमन्त्री शाह

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहले संविधानको धारा ३७० मार्फत् जम्मु काश्मिरलाई स्वायत्तता दिँदा त्यस राज्यमा भ्रष्टाचार बढेको दावी गरेका छन् । 

स्वायत्तताकै कारणले जम्मु काश्मीर आर्थिक रुपमा पिछाडिएको र विकासमा पछाडि परेको उनले बताए । 

गृहमन्त्रीले विगतमा जम्मु काश्मिरमा राजनीतिक विकृित फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मु काश्मीर वा लद्दाखमा कुनै फाईदा भएको कसैले भन्न नसक्ने टिप्पणी पनि गरे । 

उनले भने, “यो धाराका कारणले बरु बेफाइदा धेरै भएको छ ।” 

गृहमन्त्री शाहले थपे, “यही धाराका कारणले त्यो क्षेत्र पछाडी परेको, पिडामा परेको, आतङ्कवादको शिकार भएको, महिला विरोधी, दलित विरोधी र विकास विरोधी भएको थियो ।” 

उनले स्वायत्तता दिएकै कारणले जम्मु काश्मिर क्षेत्रमा गरिबी बढिरहेको र केही व्यक्तिहरूले मात्रै फाइदा लिएको बताए । - एजेन्सी 

प्रतिकृया दिनुहोस
ad