site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महतोको प्रश्न– कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्धमा भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाए । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोहीअनुसार सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उनले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतोलगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही विषयलाई लिएर आफुविरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै उनले कुन राजेन्द्र महतो हो ? भन्ने सरकारले नखुलाएका कारण आफ्नो मान हानी भएको बताए ।

उनले भने, “भ्रमको खेती सुरु भएको सम्बन्धमा म देश बासीलाई जानकारी गराउन चाहन्छु । हिजो मात्रै नेपाल सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकताको प्रमाणपत्र बदर गरिएको छ भनेर समाचार आएको छ । कुन राजेन्द्र महतो हो ? खै त ? राष्ट्रियतासँग जोडिएको यस्तो संवेदनशील विषयमा नेपाल सरकारका प्रवक्ताले नेपाल सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतोलगायत यति जनाको नागरिकता बदर गरिएको भनेर समाचार आउनु के हो त्यो ?”

Global Ime bank

महतोले आफ्नो मानहानी भएकाले सरकारले माफी माग्नुपर्ने बताए ।

उनले भने, “कुन नियतले हो ? यो सरकार चौतर्फी रुपमा असफल त भइरहेकै हो । यो भ्रमको खेती गरेर के गर्न खोजेको हो सरकारले ? राजेन्द्र महतोको राष्ट्रियतामाथिको प्रश्न उठाउँदै भ्रम छर्ने काम यो के गरेको ? सरकारको नियतमाथि नै प्रश्न उठेको छ । सरकारले यसरी भ्रम फैलाउने काम गर्नुहुन्न । मानहानि गर्न पाइँदैन । सरकारले माफी माग्नुपर्छ । ”

धारणा राख्ने क्रममा महतोले सभामुख र नेकपा अध्यक्ष पुष्पकमल दाहाललको नाम पनि लिएको भन्दै सत्तारुढ दलका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावलीको दफा २१ को ख र ङ बमोजिम प्रतिकूल हुनेगरि प्रयोग भएका शब्दहरु रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC