site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धेरै भयो सत्तामा रहेका पार्टीका लागि विश्वविद्यालयमा उपकुलपतिको खोजी र चयन हुने गरेको । अब विश्वविद्यालयहरूका लागि उपकुलपति खोज्ने बेला भयो । पञ्चायत कालमा पनि उपकुलपतिको पदको राजनीतिकरण हुन्थ्यो । अञ्चलाधीशहरू उपकुलपति भएका वा उपकुलपतिहरू अञ्चलाधीश भएका अनेकौं उदाहरण छन् । तैपनि, त्रिभुवन विश्वविद्यालय (त्रिवि)को साख यति धेरै गिरेको थिएन । त्रिविको उपकुलपतिको नाम सिफारिस गर्न चयन समिति गठन गरिएको छ । पहिले पहिले उपकुलपति छान्ने समितिमा अलि धेरै नाम चलेका विद्वान्हरू समावेश गरिन्थ्यो । शिक्षामन्त्री त नाममात्रमा संयोजक हुन्थे । अहिलेको समितिमा भने त्यति ओज देखिएको छैन । शिक्षामन्त्रीको ‘रबरछाप’ मात्र सीमित हुने लक्षण नै बढी देखिन्छ । यसैले समितिले नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेताको कृपा पाउने कुनै कार्यकर्तालाई उपकुलपतिको जागिर खुवाउने काममात्र गर्ने सन्देह प्रकट हुन थालेको छ । 

पञ्चायत सकिनेबित्तिकै पनि केही समय राजनीतिक भागबन्डाकै आधारमा त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरिएका थिए । तर, उनीहरूको कद दलगत घेराभन्दा निकै अग्लो र फराकिलो थियो भने प्राज्ञिक दृष्टिमा पनि सम्मानित व्यक्तित्व थिए । विसं २०४८ को संसदीय निर्वाचनपछि त्रिभुवन विश्वविद्यालयमा केदारभक्त माथेमालाई उपकुलपतिको नियुक्त गरियो । कुनै पार्टीको सदस्य नरहेका माथेमाको कार्यकाल अहिले पनि उदाहरणीय मानिन्छ । विसं २०५१ मा भएको मध्यावधि निर्वाचनपछि नेकपा (एमाले)को अल्पमतको सरकार गठन भयो । त्यस सरकारले माथेमाका ठाउँमा ललितपुरमा एमालेका तर्फबाट नगरपालिका प्रमुखको उमेदवार रहेका व्यक्तिलाई उपकुलपति बनायो । त्यसपछि त्रिभुवन विश्वविद्यालयलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन लाज मान्न छाडियो । खुलेका विश्वविद्यालयलाई पनि त्यसरी नै भागबन्डामा कार्यकर्ता भर्तीकेन्द्र बनाइयो । अहिलेसम्म त्यही विकृतिले निरन्तरता पाएको छ । यसपटक सरकारले कार्यकर्ता भर्तीकेन्द्र बनाउने विकृति अन्त्य गरेर विश्वविद्यालयको प्राज्ञिक खास उकास्ने मौका पाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

हालै त्रिवि शिक्षा आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरिएको छ । यसअघिका सेवा आयोगका अध्यक्षलगायतका पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा चलेपछि पद रिक्त भएको थियो । नवनियुक्त पदाधिकारी सत्तारुढ पार्टीका कार्यकर्ता भएको र त्यसमा पनि पूर्वएमाले र पूर्वमाओवादीको भागबन्डा गरिएको समाचार सार्वजनिक भएको छ । ‘विहानले दिउँसो झल्को दिन्छ’ भन्ने पत्याउने हो भने अव हुने त्रिविलगायतका विश्वविद्यालयका उपकुलपति एवं पदाधिकारीको नियुक्ति पनि प्राज्ञिक आधारमा हुने आशा गर्ने ठाउँ देखिँदैन । तर, अब अति भइसकेको छ । मुलुकको शैक्षिक भविष्य ध्वस्त पार्न मतियार नहुने हो भने शिक्षामन्त्री र प्रधानमन्त्रीले विश्वविद्यालयमा उपकुलपति हुन योग्य व्यक्ति छान्नुपर्छ । छनोट समिति गठन त प्रधानमन्त्रीले नै गरेका हुन् । यसैले  छनोट समितिलाई दोष दिएर उम्कन पाइँदैन ।

पार्टीका कृपाकांक्षी कार्यकर्तालाई जागिर खुवाउन विश्वविद्यालयका पदहरू बक्सिस दिने कुप्रथा अब बन्द हुनै पर्छ । खोज्न खोजे र नियत राम्रो हुने हो भने केदारभक्त माथेमाको अर्को अवतार भेटिन सक्छ । कृपाकांक्षी कार्यकर्तालाई बक्सिस दिने अरू नै उपाय अपनाए हुन्छ । प्राज्ञिक स्थललाई अपवित्र बनाउँदा बढी नै दुर्गन्धित भइसकेको छ । विश्वविद्यालय बिग्रे एउटा पुस्ताको जीवनमात्र हैन सिंगो मुलुकको भविष्य नै अन्धकार हुन्छ । यसैले नागरिक समाज र सञ्चार माध्यम गम्भीर हुनुपर्छ । सरकारको निगरानी गर्नुका साथै विश्वविद्यालयको साख फर्काउन आवश्यक सहयोग गर्न पनि अग्रसर हुनुपर्छ ।  त्रिभुवन विश्वविद्यालयमा इमानदार, स्वच्छ र योग्य प्राज्ञिक व्यक्तित्वको छनोट भयो भने अरू विश्वविद्यालयमा त्यसैको अनुकरण हुन्छ । यसैले पार्टीका लागि हैन त्रिविका लागि उपकुलपति खोज्न हामी शिक्षामन्त्रीलाई आग्रह गछौँ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC