site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ संसदमा शून्य समय : बाढीपीडितलाई क्षतिपूर्तिको मागदेखि संघीय गृहमन्त्रीको विरोधसम्म
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को चौथो तथा बजेट अधिवेशन जारी छ । प्रदेशसभामा बर्खे भेल पसेर एकसाता स्थगन गरी आइतबार सुरु भएको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदले असार अन्तिम साताको बाढीबाट सिर्जित समस्या उठान गर्नेदेखि निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापा बादलले केही दिनअघि दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।

बैठकको शून्य समयमा दश जना सांसदले आफ्ना विचार राखेका छन् । नेकपाकी सांसद अम्बिका थापाले उदयपुरका विकट दुई गाउँपालिका ताप्ली र लिङ्चिङबुङमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरी पहिरो पीडितलाई उपलब्ध गराएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिइन् । उनले भनिन्,‘‘अब सरकारले रौतामाइ र बेलकामा बाढीबाट मृत्यु भएकाहरुको परिवारलाई हेरोस । क्षतिपूर्ति दिने व्यवस्था होस ।’’

Prabhu Bank
Agni Group
NIC Asia

राप्रपाकी सांसद इन्दीरा राईले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केहीअघि बुद्धका मूर्तिहरु तोडफोड हुनु निक्कै दुःखदायी घटना भएको र धार्मिक द्वन्द्व पैदा गराउन यस किसिमको घटना गराइएको दाबी गर्दै भनिन्,‘‘बुद्धको मूर्तिमा घन चलाएर द्वन्द्व बढाउन खोजिएको छ ।’’

कांग्रेस सांसद प्रताप प्रकाश हाङगामले प्रदेशसभा बाढीबाट डुबेर संसद बैठक नै अवरुद्ध भएको तर यसलाई मर्मत गर्न प्रदेश सरकारले ध्यान नदिएको बताए । उनले भने,‘‘जनताको महत्वपूर्ण काम गर्ने सदन बाढीमा डुबेर कारवाही रोकिनु हुन्न ।’’ उनले साउन जारी रहेको र भदौमा पनि पानी पर्ने भएकोले डुबान नहुने वातावरण बनाउन माग गरे । कांग्रेस सांसद मोहम्मद ताहिर मियाँले सुनसरी मोरङ सिंचाई आयोजनाबाट हुने कामको अनुगमन हुनुपर्ने भन्दै पैसामात्र सक्ने काम गरेको तर सिंचाईको राम्रो प्रबन्ध नभएको बताए ।

Global Ime bank

नेकपाका सांसद मोहनकुमार खड्काले ओखलढुंगा जिल्ला समन्वय समितिमा कर्मचारीकै मिलेमतोमा भूकम्प पीडितको लागि ल्याई राहतका सामगी्र तथा स्वीस सरकारको परियोजनाबाट प्राप्त तारजालीलगायतका धेरै सामान जिसस गोदाममा राखिएकोमा बिक्री गरिएको भन्दै छानबिन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरे । नेकपाका रामचन्द्र लिम्बूले लोकसेवा आयोगले समावशीको सिद्धान्द विपरीत परीक्षा गर्न लागेको भन्दै त्यसको विरोध गरे । 

यसैगरी कांगेस सांसद लीला सुब्बाले निर्मला पन्त बलात्कार र हत्या घटनामा संघीय गृहमन्त्रीले निकै हलुका हिसाबको अभिव्यक्ति दिएको बताउँदै भनिन्,‘‘पहिले पनि बलात्कार र हत्या भएका थिए चल्दै आएको छ भन्न मिल्छ । के उहाँका आमाछोरी चेली हुनुहुन्न र ?’’ यस्तो भनाइ प्रति आफ्नो असहमति रहेको सुब्बाले बताइन् । 

सांसद विजयकुमार विश्वासले बाढीबाट बगेका मोरङको कटहरी गाउँपालिकाका शोभा सोरेनलाई मृत घोषित गरी परिवारलाई क्षतिपूर्ति दिन प्रदेश सरकार समक्ष माग गरे । सांसद विना राईले बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिकामा ठूलो क्षति भएकोले पीडितलाई राहत दिन माग गरिन । उनले भनिन्,‘‘२१ घरमा क्षति पुगेको छ । ८ वटा कुलो भत्काएको छ । खानेपानीको पाइप भत्काएको छ ।’’

आइतबारको संसद बैठकमा प्रदेश लोकसभा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC