site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
 डा. जयशंकरसँगको अपेक्षा
Sarbottam CementSarbottam Cement

छिमेकी भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकर भदौ ४ गतेबाट काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउन लागेका छन् । भारतका विदेशमन्त्रीका रूपमा यो उनको पहिलो नेपाल भ्रमण हो । सामान्यतः यस्तो भ्रमण दुवै देशका जनताका लागि समेत खुसीको अवसर हो । तर, नेपाली जनमानसमा भने दुबिधा देखिन्छ । भूकम्पले थिलोथिलो भएको छिमेकीमाथि न्यायोचित कारण विना नाकाबन्दी लगाउने प्रमुख योजनाकारका रूपमा डा. जयशंकरको भूमिका नेपालीले बिर्सेका छैनन् । यसैले उनको नेपाल भ्रमणको खबरले नेपालीहरू झस्कनु अस्वाभाविक हैन । अहिले भने डा. जयशंकर प्रधानमन्त्रीको विशेषदूतका हैसियतमा नेपाललाई ‘आदेश’ दिन नेपाल आउन लागेका हैनन् । यसैले उनीसँग खासै झस्कनु पनि नपर्ला । 

विदेशमन्त्री डा जयशंकरलाई नेपाली जनताले नाकाबन्दीका योजनाकारका रूपमा  सम्झिरहने छन् । भूकम्पको धक्काबाट तंग्रिन नपाउँदै भोग्नुपरेको नाकाबन्दीको पीडा भोगेका कम्तीमा चार पुस्ताले सायद बाँचुन्जेल बिर्सन सक्तैनन् । तर, नाकाबन्दीका लागि तत्कालीन विदेश सचिव डा. सुब्रमण्यम जयशंकरलाई मात्र दोष दिनु भने न्यायोचित हुँदैन । भारत सरकार विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीकै सहमा नाकाबन्दी लागेको हो । नत्र, त डा. जयशंकर नै विदेशमन्त्री बनाइने थिएनन् होला । यसैपनि भारतको नेपाल नीति लामो सयमदेखि पेसेवर कूटनयिक भनिने विदेश मन्त्रालयका बाबुहरूले नै बनाउँदै र कार्यान्वयन गर्दैआएको देखिन्छ । नेपालका चौथाइ शताब्दीदेखि बाबुहरूलाई नै राजदूत बनाइएकाले पनि भारतको नेपालसँगको सम्बन्धमा उनीहरू नै निर्णायक भएको पुष्टि हुन्छ । यसैले नेपाल आउन लागेका विदेशमन्त्री डा. जयशंकरलाई नाकाबन्दीका योजनाकारका रूपमा मात्र हेर्नु उचित नहोला ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेश सचिवका रूपमा डा. जयशंकरले नेपालीको सद्भाव पाउन सकेनन् । अब विदेशमन्त्रीका रूपमा नेपालप्रति उदार र समान व्यवहार गरेर उनले पुरानो कटुता मेटाउने अवसर पाएका छन् । संविधान जारी भएर पूर्णरूपमा कार्यान्वयन पनि भइसकेको छ । नाकाबन्दीको धक्का पनि नेपालीले थेगिसकेका छन् । नेपालीका लागि मात्र हैन नाकाबन्दी भारतकै पनि प्रत्युत्पादक बन्यो । नेपाललाई चीनसँग निकटता बढाउने र विकल्प खोज्ने अन्तर्दृष्टि नाकाबन्दीबाट खुलेको छ । यसैले नेपालमाथि दबाबको परम्परागत कूटनीति अब भारतका लागि प्रत्युत्पादक हुने निश्चित छ । डा. जयशंकरजस्ता खारिएका कूटनयिकले पक्कै पनि धरातलको यो यथार्थ बुझेको हुनुपर्छ । नेपाल र भारतबीचको सम्बन्ध केही हदसम्म अव्याख्येय पनि छ । सरकारी स्तरमा जति नै कटु भए पनि जनताका बीचमा आपसी सम्बन्ध अत्यन्त निकट र सुमधुर रहिआएको छ । 

इतिहास र संस्कृतिले मात्र हैन भूगोलले पनि नेपाली र भारतीय जनतालाई एउटै भाग्यका अंशियार बनाएको छ । यसैले सीमावर्ती क्षेत्रमा निर्मित भारतीय संरचनाका कारण नेपाली भूभाग र बस्तीको डुबानको समस्या, हराएका सीमास्तम्भको पुनःरेखाङ्कनजस्ता संवेदनशील विषयमा डा. जयशंकरजस्ता परिपक्व र व्यवहार कुशल कूटनयिकबाट यथार्थपरक व्यवहारको अपेक्षा नेपाली जनताले राखेका छन् । अरू सहयोग र साझेदारीका विषय त कहिल्यै समाप्त हुँदैनन् । तर, तिनको समाधानका लागि विश्वास र सद्भावको खाँचो हुन्छ । अहिले दुई देशबीच सही अर्थमा विश्वास र सद्भाव बलियोे छैन । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र कहलिएको भारतका विदेशमन्त्रीको हैसियतमा पहिले नेपाल भ्रमणमा आउन लागेका डा. सुब्रमण्यम जयशंकरलाई दुई देशबीच विश्वास र सद्भाव बढाउन सफलता मिलोस् ।    

Global Ime bank


 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC