site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३३ किलो सुन प्रकरणमा सर्वोच्चको फैसला - गोल्यान धरौटीमा छुट्ने, डीएसपी राउत थुनामै (पूर्णपाठसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुनकाण्डमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्चले सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई धरौटीमा छोड्ने फैसला गरेको छ । 

यस्तै, उच्च अदालत विराटनगरको आदेश सदर भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले शुक्रबार यस्तो फैसला गरेको हो । गोल्यानसँग १० लाख धरौटी माग गरेको र अन्यको हकमा उच्च अदालतकै आदेश सदर भएको छ ।

के हो साढे ३३ किलो सुन प्रकरण ?

Prabhu Bank
Agni Group
NIC Asia

गत माघ ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएईबाट ३३ किलो अवैध सुन चुडामणि उप्रेती 'गोरे' को योजनामा नेपाल भित्रिएको थियो । विमानस्थलबाट बाहिरिएको सुन हराएपछि यसको रहस्य बाहिरिएको हो । 

आफ्नो सुन हराएपछि गोरेले आफ्ना पूर्व लेखा सहयोगी मोरङका सनम शाक्यले सुन लुकाएको आशंकामा यातना दिएर हत्या गर्न लगाएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएको थियो । सरकारले यसको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले सुनकाण्डको विस्तृत प्रतिवेदन सरकारलाई बुझाइसकेको भएपछि सार्वजनिक गरिएको छैन ।

Global Ime bank

समितिले ३३ किलो सुन प्रकरण र सनमको हत्या प्रकरणमा प्रहरी अधिकारी,गोरे लगायतका ३५ जनाभन्दा बढीविरुद्ध मुद्दा दायर गर्न सिफारीस गरेको थियो । सुन प्रकरणमा प्रहरीका अधिकारी पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, संजय राउतलगातयको सुन तस्करीसँग सम्बन्ध रहेको भन्दै प्रतिवादी बनाइएको थियो । 

मोरङ सरकारी वकिलको कार्यालयमार्फत् अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो । त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते भित्रिएको भनिएको ३३ किलो सुन प्रकरणमै जोडिएर फागुन १८ मा मोरङका सनम शाक्यको हत्या भएको थियो । सुन प्रकरणमै पक्राउ परेका प्रेमनारायण चौधरीले आत्महत्या गरेका थिए । 

यस्तो छ फैसला 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC