site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्रीलाई सांसदका प्रश्नैप्रश्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सांसदहरुले निर्मला पन्त हत्या प्रकरणदेखि ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्याको घटनाबारे गृहमन्त्रीसँग जवाफ मागेका छन् ।
संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुको साथ विभिन्न घटनाबारे गृहमन्त्रीको जवाफ मागेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायव सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । उनले ९ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए । 
नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस् भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा राखे । 
त्यसैगरी समिति सदस्य डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, “यस्ता निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन्, भोलि पनि घटिरहन्छन् भनेर गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्छ ? कानुन आफ्नो हातमा लिएर बोल्दै जाने हो भने निर्मला जस्ता हजारौं बलात्कृत हुन्छन् । हामी कहाँ सुरक्षित हुन्छौ ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन ?”
समिति सदस्य प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरी संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गरे । 
नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला विषयान्तर भएको भन्दै नेकपाका सांसद जनार्दन शर्माले आपत्ति जनाउँदै अर्को समिक्षात्मक बैठक बोलाउन सभापतिको ध्यानाकर्षण गराएका थिए । 
समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारका सम्बन्धमा छलफल गर्न गृहमन्त्री, गृहसचिव  र प्रहरी प्रमुखलाई समितिमा बोलाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC