site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘रोहित, वैद्य र मोहनविक्रम जडसूत्रीय, विप्लव परिवर्तन उल्ट्याउन उद्यत’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा (मसाल) नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट घटकलाई जडसूत्रीय चित्रण गरेको छ । भर्खर प्रकाशनमा गएको नेकपाको राजनीतिक दस्तावेजमा ती शक्ति एवम् कम्युनिस्ट घटकहरूलाई सङ्कीर्ण, आत्मकेन्द्रित चिन्तकका रूपमा परिभाषित गरिएको हो ।

त्यस्तै, प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई नेकपाले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने शक्तिका रूपमा अर्थ्याएको हो । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरू पनि राजनीतिमा क्रियाशील छन् । उनीहरूका जडसूत्रीय, सङ्कीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्छ । उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ । तर, उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्ने हाम्रो नीति स्पष्ट छ,” नेकपाले भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ । नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र संघर्षलाई तत्कालीन राजनीतिक प्रतिवेदन दृढ कार्यसूची बनाउने वकालत गरिरहेको छ । यो नेपालको आजको आवश्यकता र परिस्थितिसँग पटक्कै मेल नखाने काम हो । यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल पुर्याउने कार्य गर्दछ । यसको मनोगतवादी एवम् उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्दछ,” नेकपाको निष्कर्ष छ ।

राप्रपालाई भने नेकपाले सामन्तवादी अवशेषको प्रतिनिधि संस्था भनेको छ । राप्रपाले धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजेको पनि आरोप लगाएको छ । “पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले तीन समूहमा विभाजित छ । यी तीनवटै समूहले मूलतः सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्दछन् । यिनीहरूले हिन्दू राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन् । पछिल्लो निर्वाचनबाट राप्रपाका सबै समूहहरू जनताबाट पूरै अस्वीकृत भएका छन्,” उसले भनेको छ ।

Global Ime bank

यस्तै नेकपाले विवेकशील साझा, साझालगायत वैकल्पिक पार्टीहरूलाई पार्टीको दर्जा दिन आवश्यक ठानेको छैन । उनीहरूका बारेमा दस्तावेज पूरै मौन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC