site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 एकता असरल्ल छाडेर अध्यक्ष विदेश भ्रमणमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया निष्कर्षमा पुगेको छैन । सोमबार बसेको पार्टी सचिवालयको बैठक पनि टुंगोमा पुग्न सकेन । बैठक साउन २८ गतेसम्मका लागि स्थगित गरियो ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजनमा केन्द्रीय सदस्यहरू रुचि चाहना सोध्ने प्रयोजनका लागि बैठक स्थगित गरिएको बताएका थिए ।

तर,अध्यक्षद्वयको विदेश भ्रमणका निम्ति बैठक १५ दिन स्थगित गरिएको देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहान दुबई प्रस्थान गरेका छन् । उनी १८ गते स्वदेश फर्कने उनका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए । “विशुद्ध पारिवारिक भ्रमणका लागि जान लाग्नु भएको हो । १८ गते स्वदेश फर्कनुहुनेछ । म्याडम ( प्रचण्डपत्नी सीता दाहाल)ले जाने–जाने भन्दै हुनुहुन्थ्यो । तर, समय मिलेको थिएन,” उनले भने ।

कुनै राजनीतिक भेटघाट, वार्ताका लागि नभइ पारिवारिक भ्रमणमा लागि दुबई गएको सापकोटाका भनाइ छ । प्रचण्ड फर्किने दिन नै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । मृगौला प्रत्यारोपण गरी नियमित स्वास्थ्य जाँच गराउँदै आएका प्रधानमन्त्री ओली उपचारकै लागि सिंगापुर जान लागेको बुझिएको छ ।

Agni Group

यता केन्द्रीय सदस्यहरूको कार्यविभाजन, निकायहरूको गठनलाई पूर्णता नदिई दुईजना अध्यक्ष नै लर्को लागेर विदेश जान लागेको भन्दै पार्टीका नेता रूष्ट बन्न पुगेका छन् ।

“बाहिर जाने नै कार्यक्रम तय भइसकेको हो भने एकता टुंग्याएर गएको भए पनि हुन्थ्यो,” एक केन्द्रीय सदस्य भन्छन्, “पार्टीको काम असरल्ल छ । सरकारको आलोचना बढ्दो छ । सरकारको समीक्षा हुन सकेको छैन । यस्तोबेलामा दुवै अध्यक्ष किन विदेश जानु प¥यो ?”

Global Ime bank

पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकता साउन मसान्तभित्र टुंग्याइसक्ने बताएका थिए ।  तर, अध्यक्षद्वयको निजी भनिएको भ्रमणले साउन मसान्तभित्र पनि एकता टुंगिनेमा ती नेता संशय व्यक्त गर्छन् ।

पारिवारिक भ्रमणमात्रै होला त ?

पार्टी एकताको महत्त्वपूर्ण कोर्षलाई मुल्तवीमा राखेर प्रचण्ड विदेश भ्रमणमा जानुलाई अर्थपूर्णरूपमा हेरिनुपर्ने बताउँछन्, नेकपाका केन्द्रीय सदस्य । “पत्नी, छोरी, नातिनीसहित दुबई जान लागेको भनिएको छ । तर, घुम्नमात्रै जान लागेको होइन, केही महत्त्वपूर्ण भेटघाट पनि हुन सक्छ,” ती केन्द्रीय सदस्यको आकलन छ ।

तर, प्रचण्डका प्रेस सहयोगी सापकोटामा भने भ्रमण निजी नै भएको र कुनै राजनीतिक उद्देश्यले प्रेरित नरहेको बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC