site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रेष्ठ मृत्यु प्रकरणः ललिता निवासको फाइल उनैले अघि बढाएका थिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा एवम् कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको आइतबार मृत्यु भएको छ । काठमाडौं माछापोखरीस्थित हिमालयन सपिङ सेन्टरको आठौं तलाबाट खसेर उनको मृत्यु भएको हो । उनको मृत्युबारे प्रहरीले औपचारिक रुपमा केही जानकारी दिएको छैन । 

श्रेष्ठ आइतबार एक बजे सपिङ मलको छतबाट खसेको बताइएको छ । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सोमबार पोस्टमार्टम गरिने परिवारले जनाएको छ । प्रहरीले मुचुल्कामा ‘भवितव्य’ लेखेर अनुसन्धान गरिरहेकाले यसै भन्न नसकिने परिवार स्रोतले बाह्रखरीलाई बतायो ।

Agni Group

महानगरीय प्रहरी परिसर काठमाडाैंका डीएसपी हाेविन्द्र बाेगटीले प्रारम्भिक अनुसन्धानका क्रममा आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको देखिएको बताए ।  

निधन भएका श्रेष्ठ लायन्स क्लबका पूर्व गभर्नर र नेपाल सरकारका पूर्व नासु पनि हुन् । जागिर छाडेर कांग्रेसको राजनीतिमा होमिएका श्रेष्ठ दुई वर्षअघि जिल्ला सचिव मनोनित भएका थिए ।

Global Ime bank

बालुवाटारको ललिता निवास (सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने) प्रकरणमा मुछिएका श्रेष्ठले आफू नासु हुँदा फाइल बढाएको आरोप बेहोर्दै आएका थिए । सोही प्रकरणमा उनलाई अख्तियारले बयानका लागिसमेत बोलाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC