site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिंगापुरसँग हार्‍यो नेपाल, टि–ट्वान्टी विश्वकपको सपना समाप्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल सिंगापुरसँग पराजित भएसँगै ग्लोबल क्वालिफायर पुग्ने सपना समाप्त भएको छ । एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । २१ बल खेलेका ज्ञानेन्द्र ४ चौका र ३ छक्का प्रहार गर्दै विजयकुमारमार्फत बोल्ड भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दिपेन्द्रले २२ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का १२ रनमा आउट हुँदा शरद भेषवाकर ७ रन बनाए ।

सोमपाल कामीले ११ रन बनाउँदा विनोद भण्डारीले ९, रोहित कुमार पौडेलले ५ रन बनाएका थिए । सन्दीप लामिछाने र करण केसीले खाता नै खोल्न सकेनन् । नेपालका खेलाडीलाई सस्तैमा समेट्न सिंगापुरका विजय कुमारले ४ विकेट लिए । बिनोथ बसक्रनले २ विकेट लिँदा अम्जाद महबो, जनक प्रकाश र अन्नथ कृष्णको नाममा १–१ विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६  विकेटको क्षतिमा १ सय ९२  रनको लक्ष्य दिएको हो ।

Global Ime bank

सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए । सिंगापुरलाई फराकिलो रनतर्फ डोर्याएका टिम अभिनास बोहराको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच भए ।
रोहन रङगराजन अर्धशतक बनाउन १ रनले चुके । ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी पनि अभिनास बलमा शरद भेषवाकरमार्फत क्याच भएका थिए । मनप्रित सिहंले ४२ रन बनाए । २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका मनप्रित करण केसीको बलमा दिपेन्द्रसिहं ऐरीमार्फत क्याच भए । ओपनर सुरेन्द्रन चन्द्रमोहन ८ रनमा पवेलियन फर्किएका चेतन सूर्यवंशीले खाता नै खोल्न सकेनन् । ७ बल खेल्दै २ चौका प्रहार गरेका चन्द्रमोहन करण केसीको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच हुँदा चेतन अभिनासको शिकार भए ।

अनिस परम ९ रनमा अबिजित रहँदा अन्नथ कृष्णले १ रन तथा  जनक प्रकाशले कुनै रन न जोड्न सकेनन् । नेपालका अभिनास बोहराले ४ विकेट लिए । करण केसीका नाममा २ विकेट रह्यो ।
जितसँगै सिंगापुरले युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC