विदेश
काठमाडौं। रामायणमा वर्णन गरिएको सञ्जीवनी बुटी खोज्न भारतको उत्तराखण्ड सरकारले ४० करोड ( भारु २५ करोड ) रुपैयाँ विनियोजन गरेको छ । शनिवार हफिङटनपोस्टले लेखेअनुसार प्रदेशका वैकल्पिक चिकित्सा मन्त्रीले यो जानकारी दिएका हुन्।
रामायणमा युद्धमा मूर्च्छित लक्ष्मणलाई बचाउन हनुमान संजीवनी बुटी खोज्न गएको र बुटी नचिनेर द्रोणाचल पर्वतै बोकेर ल्याएको कथा छ।
हिमालय पर्वतीय क्षेत्रमा सञ्जीवनी बुटीको खोज गरिने योजना रहेको पनि मन्त्रीलेबताएका छन्।
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३ १०:१९
प्रतिक्रिया दिनुहोस्