site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डः तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको एक वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन माग गरेको हो । 

“यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भनेर भन्नू र अहिले  गृहमन्त्रीले सञ्चारकर्मीसँगको कुराकानीमा ‘निर्मला हत्याकाण्ड नौलो नभएको र यस्ता घटनाहरु भइरहन्छन् र भइरहने’ जस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिएका छन्,” तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल तरुण दल गृहमन्त्रीलाई तत्काल  आफ्नो अभिव्यक्ति फिर्ता लिन, जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन जोडदार माग गर्दछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुँदा पनि सरकारले दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गरेको छ । सरकारले दोषी पत्ता लगाएर निर्मलाको परिवारलाई न्याय दिनुको सट्टा सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको तरुण दलको आरोप छ । 

“सरकारले न दोषी पत्ता लगाउन सक्यो न निर्मलाका परिवारलाई न्याय दिन सकेको छ । त्यस विपरित सिंगो सरकार नै गलत दोषी खडा गरेर निर्दोषलाई फसाउने र दोषीलाई बचाउने खेलमा लाग्यो,” विज्ञप्तिमा भनिएको छ, “निर्मला पन्तको बलात्कार र हत्यापछि पनि बलात्कार र हत्याका घटनाहरु भए । तर, सरकार ति सबैका दोषीलाई कारबाही गर्न पूर्ण असफल भयो ।”

Global Ime bank

तरुण दलले सरकार बलात्कारी र अपराधीलाई जोगाइरहेको, नागरिकको सुरक्षा गर्न नसकेको र कानुनको धज्जी उडाइरहेको टिप्पणी गर्दै सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC