site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले मदिरा र इ–सिगरेट सम्बन्धी पोस्ट सीमित गराउने
Sarbottam CementSarbottam Cement

एजेन्सी । फेसुबुकले एउटा नयाँ नीति सार्वजनिक गरेको छ जस अन्तर्गत मदिरा, तम्बाकूका उत्पादन सहित इ–सिगरेटको कारोबार निषेध गरिने र यससँग सम्बन्धित पोस्टहरु पनि सीमित गरिने कम्पनीकी प्रवक्ताले बताएकी हुन् । 

नयाँ नीति अनुसार फेसबुक र इन्स्टाग्राममा यी उत्पादनका खरिद, व्यापार, ओसारपसारदेखि उपहार दिने सम्बन्धी सामग्रीहरु पनि निषेध गरिनेछ । जसमा कुनैपनि ब्रान्डले ती उत्पादनबारे जानकारी शेयर गर्दा १८ वर्ष भन्दा कम उमेरकालाई निषेध गरि पोस्ट गर्नुपर्ने बताइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुकमा मदिरा र तम्बमाकू सम्बन्धी उत्पादन बिक्री गर्न बनाइएका सबै ग्रुपमा यो नियम बुधबारदेखि नै कार्यन्वयन हुने उनले बताएकी हुन् । यस्तोमा फेसबुकले अहिले नै ती ग्रुपहरलाई सो परिवर्तनबारे सचेत गराइरहेको बताएको छ र यसको पालन नगर्ने ग्रुप हटाइन सक्ने चेतावनी पनि दिइएको हो । यसअघि नै फेसबुकले आफ्नो प्ल्याटफर्ममा व्यवसायिक रुपमा ती उत्पादनहरुको कारोबार गर्न निषेध गरेको थियो तर यो नयाँ नीति अन्तर्गत भने व्यक्तिगत रुपमा पोस्ट गरिएका सामग्री पनि निशानामा पर्न सक्नेछन् । तरपनि १८ वर्ष भन्दा कम उमेरका प्रयोगकर्ताले निजी विक्री, व्यापार र ओसारपसार बाहेक अन्य विषयमा चाहिँ मदिराबारे पोस्ट गर्न पाउनेछन् जसलाई पनि सिमित गराउन प्रयास गरिने कम्पनीले बताएको हो ।

यसअघि संचार माध्यम सिएनएनको एउटा रिपोर्टमा अमेरिकाको सबैभन्दा ठूलो भेप (इलेक्ट्रोनिक सिगरेट) निर्माणकर्ता कम्पनीले इन्स्टाग्राम स्टारलाई आफ्नो उत्पादनको प्रचार गर्न भुक्तान गरेको खुलासा भएको थियो जसपछि कम्पनीको चर्को विरोध भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC