site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई गाडी सुविधा दिने निर्णय गर्नेमा गण्डकी प्रदेशले अरूलाई उछिन्ने भएकोे छ । गण्डकी प्रदेश सरकारको प्रस्ताव निर्णय भएपछि अब यस प्रदेशभित्रका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूले पनि सवारी सुविधा पाउनेछन् । यसअघि स्थानीय तहका प्मुख र अध्यक्षलाई मात्र सवारी सुविधा दिइएको थियो । सवारी सुविधामा गाडी, चालक र इनधनको सुविधा समावेश हुन्छ । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । गण्डकी प्रदेश सरकारले सथनीय तहमा पारिश्रमिक पाउनेहरूको संख्या पनि बढाउने तयारी गरेको छ । कार्यकारी भूमिकामा रहेका वडाअध्यक्ष बराबर नै कार्यपालिकाका अरू सदस्यलाई पनि पारिश्रमिक दिने तयारी गण्डकी प्रदेश सरकारले गरेको छ । स्थानीय तहका पदाधिकारीको पारिश्रमिक तोक्ने अधिकार प्रदेश सरकारलाई दिइएको छ ।

देशले संघीय शासन पद्धति अपनाएपछि जनतालाई भन्दा जनप्रतिनिधिलाई सुविधा थपिनु दुःखद विडम्बना हो । सर्वसाधारण जनतालाई जिल्ला सदरमुकाम पुग्नुुपर्ने मुख्य काम नागरिकताको प्रमाणपत्र र राहदानी लिन हो । यी दुवै कामका लागि अहिले पनि जिल्ला सदरमुकाम नै पुग्नुपर्छ । यसैगरी जग्गा किनबेच रजिस्ट्रेसन गर्न पनि जिल्ला वा इलाका सदरमुकाम नै पुग्नुपर्छ । स्थानीय तहलाई हस्तान्तरण गरिएको भनिएका कार्यालयहरूको कार्य सम्पादन पनि पहिलेभन्दा सहज र प्रभावकारी हुनसकेको छैन । जनताको नजिक सरकारी कार्यालय खुल्दैमा तिनमा पहुँच बढ्दो त रहेनछ । यस्तो अवस्थामा जनप्रतिनिधिको ध्यान जनतालाई सेवा र सुविधा उपलब्ध गराउन जानुपर्ने थियो । दुर्भाग्य, जनप्रतिनिधिको ध्यान मूलतः मुलुकको ढुकुटी दोहनमा पो केन्द्रित भएको देखियो ।  

एउटै निर्वाचक मण्डलले चुनेको प्रमुख र अध्यक्षले सवारी सुविधा पाउने तर उपप्रमुख र उपाध्यक्षले नपाउने व्यवस्था उचित हैन । तर, यसको समाचार जनतामाथि बोझ पर्ने गरी सुविधा थप गरेर हुनसक्तैन । उपप्रमुख र उपाध्यक्षलाई सवारी सुविधा थप गरेपछि वडाअध्यक्ष र सदस्यहरूलाई पनि सुविधा दिनुपर्ने माग हुनसक्छ । त्यतिबेला त्यस्तो मागलाई अनुचित भन्ने नैतिक अधिकार हुनेछैन । यसको समाधान प्रमुख र अध्यक्षलाई पनि अलग्गै सवारी साधन नतोक्ने र आवश्यकताअनुसार प्रयोग गर्ने व्यवस्था मिलाएर गर्न सकिन्थ्यो । परन्तु, केन्द्रदेखि नै आफ्नो सुविधाका लागि राज्यको ढुकुटी दोहन गर्ने प्रवृत्ति बढ्यो । त्यही प्रवृत्ति गण्डकी प्रदेशको निर्णयका रूपमा झांगिन पुग्यो । विलासको दास हुने मानसिकता छाडेर जनप्रतिनिधिहरूले आफूलाई जनतासरह ठान्ने मनोवृत्तिको विकास नहुँदासम्म लोकतन्त्र पाखण्डमात्र हुनेछ । जनप्रतिनिधिहरूको यो मुलुकको दोहन गर्ने प्रवृत्तिले संघीयतालाई कमजोर बनाउँदै लगेको छ । चेतना भया ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC