site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काबुलमा तीन विस्फोट, पाँच सरकारी कर्मचारीसहित १२ को मृत्यु
Ghorahi CementGhorahi Cement

अफगानिस्तानको राजधानी काबुलमा भएका तीनवटा बम विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान ८स्१० बजे सरकारी कर्मचारी बोकेको गाडीमा पहिलो बम विस्फोट गराइएको थियो । उक्त विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो भने १० भन्दा घाइते भएका थिए ।

प्रवक्ता रहिमीले भने, ूपहिलो बम सरकारी कर्मचारी बोकेको मिनिबसमा विस्फोट गराइएको थियो भने त्यसको केही समयमा उक्त विस्फोट भएको नजिकैको क्षेत्रमा दोस्रो आत्मघाती बम विस्फोट गराइएको थियो । त्यसैगरी तेस्रो सैनिक बोकेको कारमा विस्फोट गराइएको थियो ।ू

Agni Group

उक्त मिनिबसमा खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारीहरु सवार थिए । रहिमीका अनुसार मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । 

अधिकारीका अनुसार दोस्रो आत्मघाती विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको थयो भने २० जना घाइते भएका थिए । तेस्रो विस्फोटमा भने मानवीय क्षति नभएको मन्त्रालयले बताएको छ । 

Global Ime bank

तालिवानी समूहका प्रवक्‍ताले पहिलो विस्फोटको जिम्मा लिएका छन् भने पछिल्ला दुई वटा विस्फोटमा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् । 
अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC