site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त
Sarbottam CementSarbottam Cement

हाइटी । हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेको जनाइएको छ । 

यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको हो । लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उनलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ- राष्ट्रपति मोसेले ट्वीटमा लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको मनोनयनलाई सांसदहरुले अनुमोदन गर्नुपर्नेछ । राष्ट्रपति मोसेले सो ट्वीटमा भन्नुभएको छ- मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु ।

निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ । उनी गत मार्चमा मात्र नियुक्त भएका थिए । सोमबार नियुक्त भएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रुपमा काम गरेका थिए । उनी हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि हुन् ।

Global Ime bank

उनलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ । यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन् । 

हाइटी अमेरिकी राष्ट्रहरुमै सबैभन्दा गरिब देशका हो । संयुक्त राष्ट्रसंघमा हालैमात्र गरिएको एक बैठकमा हाइटीमा करिब ५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् भनिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC