site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पूर्वी युरोपमा आधा भन्दा बढी वैज्ञानिक महिला
Sarbottam CementSarbottam Cement

एजेन्सी । हामी सामाजिक रुपमा धेरै आधुनिक भइसके पनि अझै विज्ञान र प्रविधिको विषयलाई पुरुषकै दुनियाँ मानिन्छ । यसको उदाहरण हो सन् १९०३ मा म्यारी क्युरीले पहिलोपटक नोबल पुरस्कार प्राप्त गरेदेखि हालसम्म ६ सय जना पुरुष ‘फिजिक्स’, ‘केमेस्ट्री’ र ‘मेडिसिन’ सम्बन्धी खोजका लागि सम्मानित भएका छन् तर अर्कोतर्फ महिलामा चाहिँ १९ जना मात्र पुरस्कृत छन् । 

यसरी हाल विश्वभर केबल २८ प्रतिशत महिलाहरु अनुसन्धानकर्ताका रुपमा कार्यरत् छन् । यहाँसम्मकी लैङ्गिक समानतालाई अन्य भूभागमा भन्दा बढी महत्व दिइने इयूमासमेत वैज्ञानिक र इन्जिनियरहरुमा मात्र दुई चौथाइ महिला छन् । अझ जर्मनी र फिनल्यान्डमा त तीनमध्ये एकजना भन्दा थोरै महिलाहरु विज्ञान सम्बन्धी परियोजनामा सहभागी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर पूर्वी युरोप भने यसमा अपवाद साबित भएको छ । नेदरल्यान्डस्थित लेइडन युनिभर्सिटीले सार्वजनिक गरेको हालैको रिपोर्टअनुसार लिथुएनियाका ५७ प्रतिशत वैज्ञानिक र इन्जिनियरहरु महिला छन् । 

त्यस्तै बुल्गेरिया र लट्भीया पनि विज्ञान सम्बन्धी खोज गर्नेहरुमा ५२ प्रतिशत महिला रहेका छन् । यसैगरी पोल्यान्ड र सर्बिया पनि अनुसन्धान प्रकाशनमा विश्वकै सबैभन्दा समान मुलुकहरुको सूचीमा शीर्षमा परेका हुन् । यसरी दक्षिण पूर्वी युरोपमा मात्र विश्वका ४९ प्रतिशत महिला अनुसन्धानकर्ताहरु छन् जसलाई सोभियत युगको देन पनि भनिएको छ । त्यसबेलाको कम्युनिस्ट शाषनमा महिला र पुरुष दुवैलाई बलपूर्वक कुनै विकल्प नदिइ वैज्ञानिक करियरमा लगाइने गरिएको थियो । अहिले त्यस किसिमको जबरजस्ती हटिसक्यो तर ल्याबमा महिलाहरुले काम गर्ने प्रवृत्ति भने अझै जारी छ ।  

Global Ime bank

आज युरोपमा अभियानकर्ताहरुले महिलाहरुले पनि उच्च पदमा काम गर्न पाउनुपर्ने नारा लगाइरहेका छन् । तर यसमा धेरै महिलाहरुले कलेज सकिएपछि विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितलगायतका विषयसँगको सम्बन्ध अन्त्य गर्ने गरेको पाइएको छ । यस्तोमा माइक्रोसफ्टले गरेको एक अध्ययनले महिला ‘रोल मोडल’ ले युवतीहरुलाई विज्ञान विषयप्रतिको रुची बढाउन धेरै प्रभावित गर्न सक्ने देखाएको हो । 

‘युरोपियन इन्स्टिच्युट फर जेन्डर इक्वालिटी’ का अनुसार विज्ञान सम्बन्धी विषयहरुमा महिला र पुरुषहरुको सहभागिताबीचको अन्तर कम गराउनुले युरोपको मात्र कूल घरेलु उत्पादन तीन प्रतिशतले बढाइदिन सक्छ भने २०५० सम्ममा १२ लाख बढी रोजगारका अवसर सिर्जना गर्न सक्छ । पछिल्लो दशक युरोपको प्राविधिक क्षेत्रमा रोजगारी दर अन्यको तुलनामा चार गुणाले वृद्धि भएको छ । 

तर युरोपियन कमिसनले भने आगामी वर्षमै यस क्षेत्रको बृद्धि अचानक कम हुने भविष्यवाणी गरेको छ । सूचना तथा संचार प्रविधि, आईसीटीमा पाँचलाख भन्दा अधिक कामदारहरुको अभाव हुने हुनाले नै त्यस्तो समस्या आइपर्ने कमिसनको भनाइ छ ।   

२०१७ मा मात्र युरोपेली संघका आधा भन्दा बढी व्यवसायहरुले आईसीटी विशेषज्ञ नियुक्त गराउने प्रयास गर्दा पद सङ्ख्या पूरा गर्न निकै संघर्ष गर्र्नुपरेको थियो । तर यता रोजगारीमा युरोपकै सबैभन्दा कम लैङ्गिक अन्तर भएको लिथुएनिया र आईसीटी विशेषज्ञमा महिलाहरुको बाहुल्यता रहेको बल्गेरियामा भने कुनै समस्या देखिएन । द इकोनोमिस्ट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC