site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
‘१० वर्षे च्यालेन्ज’ फेसबुकको रणनीति !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । सामाजिक सञ्जालमा भाइरल बनेको १० वर्षे च्यालेन्जको ट्रेन्डले अहिले सबैलाई रमाइलो गराइरहेको छ । आफ्नो हालको तस्बिरसँग १० वर्ष अगाडिका फोटो जुधाउँदै मानिसहरुले हाँसठट्टामा सो ट्रेन्डको मज्जा उठाइरहेका छन् । कतिले भने आफ्नो तस्बिर नराखेर प्रकृतिको तस्बिर राख्दै पृथ्वीमा मानव क्रियाकलापको असरबारे पनि कुरा उठाएको पाइएको छ । तर सामाजिक संजालमा यो ट्रेन्डले रमाइलो माहोल पैदा गर्दैगर्दा अर्कोतर्फ कतै यो भविष्यमा घातक त साबित हुने होइन भन्नेबारे पनि चिन्ता जनाइएको छ ।  

फेसबुक जस्ता प्राविधिक कम्पनीहरुलाई यो ट्रेन्डले ‘फेसियल रिकग्निसन’ अर्थात अनुहार पहिचान प्रणालीलाई सहज बनाउन सघाइरहेको हुन सक्ने विश्लेषकहरुको आशंका छ । यसरी मानिसहरुले अन्जानमा फेसबुकलाई आफूबारे ठूलो जानकारी दिइरहेको हुन सक्ने शंका गरिएको हो ।  

वास्तवमा फेसबुकले २०१० मै ल्याएको अनुहार पहिचान प्रणालीले साथीहरुसँगका तस्बिर समेत पहिचान गरि त्यसमा हाम्रो नाम सुझाउने गरेको छ । त्यस्तै कुनै अन्जान व्यक्तिले हाम्रा तस्बिरहरु पोस्ट गर्दा पनि फेसबुकले यही प्रणाली मार्फत हामीलाई सावधान गराउने गर्दछ । तरपनि फेसबुकको यो फिचरमार्फत अन्जान व्यक्तिले हामीबारे थाहा पाउने हुँदा त्यतिबेलै यसको धेरै आलोचना भएको थियो । यस्तोमा फेसबुकले सेटिङ मार्फत सो टुल निस्क्रिय गर्न मिल्ने बताएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC