site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निवर्तमान महामन्त्री आनन्दराज त्रिपाठीको संयोजकत्वमा बाढीपहिरो पीडितहरुका लागि राहत संकलन समिति गठन गरेको छ ।

मंगलबार कमलादीमा बसेको विद्यार्थी नेताहरुको भेलाले पूर्वमहामन्त्री त्रिपाठीको संयोजकत्वमा बाढीपहिरो पीडितहरुका लागि राहत संकलन गर्ने निर्णय गरेको हो । भेलाले कांग्रेसकै भ्रातृ संगठन नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाललाई राहत संकलन समितिको सहसंयोजक चुनेको छ । 

Agni Group

विद्यार्थीहरुको भेलाले नेविसंघका निवर्तमान उपाध्यक्षद्वय नवीन राई र कृष्णकुमारी बस्नेत तथा निवर्तमान महामन्त्री त्रिपाठीको नाममा राहत रकÞम संकलनका लागि संयुक्त बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए । 

उनका अनुसार भेलामै नगद तथा प्रतिबद्धता गरी ६६ हजार १० रुपैयाँ बाढीपीडितहरुका लागि सहयोग रकम जम्मा भएको छ । यसअघि विद्यार्थी नेताहरुले बाढीपीडितहरुका लागि राहत रकम संकलन गर्न बनाइएको योजनाका बारेमा सभापति शेरबहादुर देउवालाई जानकारी गराएका थिए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC