काठमाडौं । हुवावेले पप–अप क्यामरा भएको वाईनाइन प्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यको बजेट फोन नेपाली उपभोक्तासामु ल्याएको हो ।
हुवावे वाईनाइन प्राइम सिरिजअन्तर्गत पप–अप क्यामरा र एचडी डिस्प्ले भएको बेजल–लेस फोन सस्तो दरमा उपलब्ध गराइएको कम्पनीको दाबी छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य २९ हजार ९९० रुपैयाँ तोकिएको छ । वाई नाइन प्राइम २०१९ कालो, निलो र हरियो रंगमा उपलब्ध छ ।
हुवावेले आफू विश्वको दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी रहेको दाबी गरेको छ ।
वाई नाइन प्राइम २०१९ का मुख्य विशेषताहरूः
डाइमेन्सन (हाइट × वाइड × डेप्थ) १६३.५ एमएम × ७७.३ एमएम × ८.८ एमएम
तौल १९६.८ ग्राम (ब्याट्रिसहित)
रंग मिडनाइट ब्लाक, सफाइर ब्लू र एमरालन्ड ग्रीन
डिस्प्ले ६५.८ इन्च फल एचडी डिस्प्ले
रेजलुसन २३४० × १०८०, एस्पेक्ट रेसियो ९१ प्रतिशत
चिपसेट किरिन ७१० एफ
सीपीयू अक्टाकोर
अपरेटिङ सिस्टम एन्ड्रोइड ९
युजर इन्टरफेस ईएमयूआई ९.०
मेमोरी ४ जीबी १२८ जीबी (५१२ जीबीसम्म बढाउन मिल्ने)
नेटवर्क फोरजी थ्रीजी टुजी
लोकेसन जीपीएस जीलओएनएएसएस बीइआईडीओयू
रियर क्यामरा १६एमपी (एफ १.८), मेन लेन्स तथा ८ एमपी (एफ २.४) अल्ट्रा वाइड एंगल, २ एमपी (एफ २.४)
फ्रन्ट क्यामरा १६ एमपीएफ २.२ अटो पप–अपक्यामरा
क्यामरा विशेषताहरु नाइट, पोट्रेट, फोटो, भिडियो, स्लो मोसन (४२० एफपीएस)
सेन्सरहरु एम्बियन्ट लाइट सेन्सर, ग्राभिटी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, कम्पास, ग्राइयोस्कप
ब्याट्रि ४ हजार एमएएच (टिपिकल भ्यालु)
कनेक्टर माइक्रो यूएसबी (टाइप–सी), वाइफाइ, स्ट्यान्डर्ड सपोर्ट ८०२.११ ए बी बी एन एसी, ब्लुटुथ, हेडफोन ३.५ एमएम, सिम संख्या २, दुवै सिममा फोरजी एक्टिभ
बक्सभित्र हुवावे वाई नाइन प्राइम (बिल्ट–इन ब्याट्रि), चार्जर, टाइप–सी केबल, स्क्रीनमा अट्याचड प्रोटेक्टिभ फिल्म, क्विक स्टार्ट गाइड, वारेन्टी कार्ड, इजेक्ट टुल