site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गृहमन्त्री थापाले भने– ठेकेदार कारबाही अख्तियारसँग पनि जोडिएको छ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गैरजिम्मेवार ठेकेदारले विकासमा बाधा पुर्याउने बताएका छन् । मङ्गलबार मन्त्रालयमा गत आर्थिक वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो बताएका हुन् ।

गत आर्थिक वर्षमा १८ सय ठेकेदारलाई गृहले कारबाही गरेको जानकारी दिँदै मन्त्री थापाले ठेकेदार कारबाही गृहको मात्र विषय नभएर अख्तियार दुरुपयोग अन्सन्धान आयोगले पनि ठेकेदारको अख्तियारी छानविन गर्नुपर्ने बताए । 

“गृहले ठेकेदारलाई उन्मुक्ति दियो भन्नु गलत हो । गैरजिम्मेवार ठेकेदारलाई हामीले छोडेका छैनौं । विकास निर्माण बिना मुलुकले समृद्धि हासिल गर्दैन । त्यसैले विकास निर्माणमा भ्रष्टाचार गर्ने ठेकेदारलाई अख्तियारले पनि हेर्नुपर्छ,” मन्त्री थापाले भने, “ठेकेदारलाई ठेक्का दिने विषय भौतिक मन्त्रालयसँग जोडिए पनि कारबाही र सुशासन गृहको विषय भएकाले ठेकेदार कारबाही गर्ने जिम्मेवारी गृहको हो । त्यसैले गैरजिम्मेवार ठेकेदारलाई त्यसै छोडेका छैनौं । आवश्यक कारबाही गरेका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC