site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मायावतीको अपमान गरेको आरोपमा भाजपा नेता सिंह पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भारत । भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको बेइज्जत गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ । 
 
भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ भन्दा खराब भनी अपमानित गरेको भनी खबर पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा आएपछि प्रहरीले हिन्दूवादी नेता सिंहलाई पक्राउ गरेको हो । 
 
लाखौँ दलित जनताको प्रतिनिधित्व गर्ने नेत्री मायावतीलाई अपमानित हुनेगरी आलोचना गरेपछि सिंहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले कारबाही गरी दलबाट हटाएको घोषणा गरिसकेको छ । 
 
कारबाहीपूर्व सिंहले भाजपाको उत्तर प्रदेशको उच्च नेताका रुपमा काम गर्दै आएका थिए ।  
 
सिंहले केही समय पहिले मायावतीले दलको राज्यसभाका लागि गरिएका मनोनयन लाखौँ रुपैयाँ लिई विक्री गरेको प्रसङ्ग जोेड्दै नेत्री मायावतीलाई ‘बेश्याको भन्दा खराब चरित्र’ भएकी महिला भनी आलोचना गरेका थिए । 
 
तर यसलाई लिएर देशैभर व्यापक आलोचना र आन्दोलन भएपछि सिंहले आत्मालोचना गरेका थिए ।  रासस÷एपी 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC