site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले गर्यो क्षेत्रीय सञ्जाल विस्तार
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालय एअरलाइन्सले ढाकामा आफ्नो पहिलो उडान भरेको छ । क्षेत्रीय सञ्जाल विस्तार विस्तार गर्ने क्रममा कम्पनीले बंगलादेशको राजधानीको उडान गरेको हो । उडान प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए ३२०–२१४ को न्यारोबडी जहाजले गरेको हो । कम्पनीले सोही बिमानमार्फत् मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउने जनाएको छ । 

एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । यो नया“ रुटले नेपालको एशियाली मुलुकस“ग सम्पर्क अझ सहयोग पुर्याउने आशा कम्पनीले गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बंगलादेशी राजदूत मासफी बिन्ते साम्स्, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय बहादुर श्रेष्ठ आदि सहभागि थिए ।

२०७६ साउन ६ (जुलाई २२, २०१९) गते कुल १ सय ४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान फ्लाइट नम्बर एच९६७८ काठमाडौंको त्रिभुवन बिमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १३ः०० मा अवतरण गरेको थियो । बिमानले सोही दिन कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान एच९६७९ ढाकाबाट स्थानीय समय १४ः२६ मा उडान भरी त्रिभुवन विमानस्थलमा १५ः४४ मा अवतरण गरेको थियो । हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बंगलादेशमा आफ्नो जिएसए (साधारण बिक्री एजेन्ट) नियुक्त गरेको छ ।

Global Ime bank

उडानबारे कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं र ढाका दुवै स्थानबाट यो रुटमा सीधा उडान सञ्चालन हुनुपर्ने माग मध्यनजर गर्दै कम्पनीले उडान सुरु गरेको बताए । यो नया“ रुटले घुमफिर प्रयोजनका लागि आउने यात्रु आगमनलाई बढाउने मात्र नभई बंगलादेशमा अध्ययन गरिरहेका र विशेषगरी चिकित्सा क्षेत्रमा अध्ययन गर्ने ठूलो संख्यामा रहेका नेपाली विद्यार्थीहरुका लागि समेत सेवा प्रदान गर्ने बताइएको छ । श्रेष्ठले भने, “भ्रमण वर्ष २०२० को प्रबद्र्धन सहित २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई मध्यनजर गर्दै हामीले छिटै नै अन्य धेरै अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने अभिप्राय राखेका छौं ।”

ढाका करिब ८० लाख जनसंख्या भएको दक्षिण एसियाको प्रमुख सहरहरु मध्ये एक हो । बंगलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुची राख्नेका लागि उपयुक्त पर्यटकीय गन्तव्य स्थल हो ।

नेपाल भ्रमण आउने पर्यटकमा बंगलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ र सन् २०१९ को जनवरी देखि जुन २०१९ सम्म १०,५९० बंगलादेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०१८ को दा“जोमा बंगलादेशी पर्यटकको संख्या करिब २५ प्रतिशतले घटेको छे । नया“ सञ्जाल प्रारम्भ गरेस“गै हिमालय एअरलाइन्सले ठूलो संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याएर भ्रमण वर्ष २०२० को पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पु¥याउने दाबी गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC