site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
 साझा यातायातको नियति नेपाल वायुसेवाको जस्तो !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारी पैसासँगै हस्तक्षेप बढ्ने अभ्यास दोहोरियो भने साझा यातायातको अवस्था पनि केही वर्षमै नेपाल वायुसेवा निगमको जस्तै हुनसक्छ । नेपाल सरकारले गत आर्थिक वर्षको अन्त्यमा साझा यातायातमा तीन अर्ब रुपैयाँ सेयरका रूपमा लगानी गरेको छ । यसैगरी उपत्यकाका स्थानीय तहहरू र प्रदेश नम्बर ३ को सरकारले पनि साझा यातायातलाई करोडौं रुपैयाँ लगानी गरेका छन् । अहिले साझाका हरिया बसहरू जनसाधारणका रोजाइका बस भएका छन् । हाल ७० भन्दा बढी बस सञ्चालन गरिरहेको साझा यातायातले निकट भविष्यमै तीन सयवटा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको बताइएको छ । सायद, सरकारले दिने ३ अर्ब रुपियाँबाट यिनै विद्युतीय बस खरिद गरिने होला । तर अहिले नै सञ्चालन खर्चसमेत जुटाउन नसकी घाटामा गएको साझा यातायातमा थपिएको सरकारी लगानी भने ‘गाईको थुन न बाच्छाको मुख’ हुने जोखिम धेरै छ । 

सरकारले अर्बौं लगानी गरेपछि कम्तीमा काठमाडौं उपत्यकाको यातायात सेवामा सुरक्षा र सुविधा बढ्नु पर्ने हो । तर, साझा यातायातमा सरकारले गरेको लगानीबाट बस संख्या थप गर्नेबाहेक यात्रुको सुविधा र सुरक्षाका विषयमा कुनै चर्चासम्म पनि भएको छैन । बसको संख्या थप्दैमा सेवाको गुणस्तरीय सेवा र सुरक्षामा स्वतः सुधार हुने हैन । यस्तै ७० वटा बस चलाउँदै व्यवस्थापकीय वा कमजोरीका कारण सञ्चालन खर्चसमेत जुटाउन नसक्ने तीन सयवटा बस थप्दैमा नाफामा जान्छ भनेर विश्वास गर्ने आधार पनि छैन  । बरु थपिएका बसका लागि सञ्चालन खर्च बढ्दा घाटाको अंक पनि बढ्नसक्छ ।  नेपाल वायुसेवा निगम जहाज नभएकाले घाटामा गयो भन्दै धमाधम जहाज थपियो । अहिले थपिएका जहाजको ब्याज तिर्न नसकेर ऋणदाताले ब्याजलाई साबाँमै गाभ्न थालेका छन् । साझा यातायातमा लगानी गर्ने निर्णय आर्थिक वर्षको अन्तिम दिनतिर गर्नुले पनि सरकारको नियतमा शंका उब्जाएको छ – सार्वजनिक खरिदको सरकारी प्रक्रिया छल्नैका लागि सरकारले साझा यातायातलाई पैसा दिएको त हैन ? 

अहिले नै २०७० सालमा सेवा पुनःआरम्भ गर्ने बेलामा जस्तो सेवा साझा यातायातमा पाइँदैन । बसहरू बेलामा मर्मत सम्भार नभएर भित्रभित्रै कुरुप हुँदैछन् । चालक र सहचालकहरूको यात्रुप्रतिको व्यवहार निकै रुखो भइसकेको छ । पैसा उठाएपछि सकेसम्म टिकट दिन नपरे हुन्थ्योजस्तो गर्छन् । अर्कातिर साझा यातायात पछिल्ला वर्षहरूमा सञ्चालन खर्चसमेत जुटाउन नसकेर घाटामा गएको छ । यस्तो अवस्थामा तीन अर्ब लगानी र तीन सयवटा बस थप्ने महत्त्वाकांक्षाले साझालाई डुबायो भने आश्चर्य हुनेछैन । संस्थामा ९९ प्रतिशत सेयर भएको सरकारले हस्तक्षेप गर्ने मौका पाउनेबित्तिकै छाड्नेछैन । संसदीय समितिहरू र अख्तियार दुरुपयोग अनुसन्धानको चाख पनि नेपाल वायुसेवा निगममा जसरी नै साझा यातायातमा पनि बढ्न थाल्यो भने त्यसले थप समस्यामात्र बढाउँछ । हालका ७० वटा बससमेत रुटमा व्यवस्थितरूपमा सञ्चालन गर्न र बेलामा मर्मतसम्भार गर्न असमर्थ व्यवस्थापनले थपिएका बसहरू व्यवस्थितरूपमा सञ्चालन गर्न सक्छ भनेर पत्याउने आधार पनि छैन । यसैले उद्दाम महत्त्वाकांक्षाले साझा यातायातलाई नेपाल वायुसेवा निगम बनाउने त हैन भन्ने सन्देह उब्जेको छ । लगानी र बस थपेरभन्दा सरकारी हस्तक्षेपबाट जोगाएर व्यवस्थापन चुस्त बनाउन सकेमात्र साझा यातायातको सेवा  दिगो हुने देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC