site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठूला सवारीको रुट इजाजत अब विभागबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ठूला सवारी साधनका लागि रुट इजाजत यातायात व्यवस्था विभागले दिने तयारी गरेको छ । देशभर सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक ठूला सवारी साधनलाई एकरुपतामा ल्याउन विभागले रुट इजाजत दिने भएको हो । 

हाल प्रदेश सरकारको मातहतमा रहेका यातायात व्यवस्था कार्यालयहरुले सम्बन्धित प्रदेश र अन्तरप्रदेश चल्ने ठूला सवारी साधनलाई रुट इजाजत दिँदै आएका छन् । “साना र मझौला सवारीको हकमा प्रदेशका कार्यालयले नै रुट इजाजत दिनेछन् । ठूला मालबाहक र यात्रुबाहक सवारीको रुट इजाजत अब विभागले दिने तयारी छ,” विभागका निर्देशक बन्धुप्रसाद बास्तोलाले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

मोटरसाइकल, स्कुटर दर्ता, नामसारी र साना तथा मझौला सवारी साधनको सम्पूर्ण दर्ता र रुट इजाजतसम्बन्धी काम प्रदेश सरकारबाट सञ्चालित हालकै कार्यालयहरुले यथावत गर्नेछन् ।

साना र मझौला सवारी साधनको तुलनामा ठूला सवारी साधन संख्याका हिसाबले कम रहेकाले ठूला सवारीलाई रुट इजाजत सिफारिस दिने र तोकिएको रुटमा ठूला सवारी साधन सञ्चालन भए, नभएको ट्राफिक प्रहरीमार्फत विभागले रेकर्ड राख्ने तयारी भएको विभागले बताएको छ । 

Global Ime bank

“यसका लागि सफ्टवोयर र सिस्टम तयार भइरहेको छ,” निर्देशक बास्तोलाले भने, “सबै तयारी सकिएर यो व्यवस्था कार्यान्वयनका लागि अब करिब एक महिना लाग्न सक्छ ।”

विभागले रुट इजाजत दिने व्यवस्था लागु भएपछि देशका विभिन्न भन्सार कार्यालय हुँदै काठमाडौं तथा विभिन्न सहरसम्म सामग्री ढुवानी गर्ने ट्रक, कन्टेनर र विभिन्न गन्तव्यका लागि छुट्ने यात्रुबाहक बसहरुको नियमन थप प्रभावकारी हुने विभागको विश्वास छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC