site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कबिर सिंह’ २०१९ कै सर्वाधिक कमाइ गर्ने चलचित्र, बनायो अनेकौं रेकर्ड 
Sarbottam CementSarbottam Cement

एजेन्सी । शाहिद कपुर स्टारर हिन्दी चलचित्र ‘कबिर सिंह’ले महिलाप्रतिको पूर्वाग्रहको विषयलाई उठाएको भन्दै रिलिजको शुरुमा धेरै विवाद भयो । विवादका वावजुद पनि चलचित्रले महिना दिनसम्म पनि हलमा दर्शक  तान्न सफल बनिरहेको छ । 
२१ जुनमा रिलिज भएको चलचित्र अझै चलिरहेको छ । चलचित्रले १ महिनामा भारतमा मात्रै २६६.६२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन यो वर्ष रिलिज भएका चलचित्र मध्ये ‘कबिर सिंह’ सर्वाधिक कमाई गरेको  सलमान खानको ‘भारत’ विकी कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’ लाई पछि पनि पछि पारेको हो ।

ट्रेड एनालासिस्ट तरण आर्दशले चलचित्रले एक महिनाको कलेक्सनसँगै हरेक हप्ताको कमाईको जानकारी दिंदै ट्विट गरेका छन् । उनले बल्कबस्टर फिल्म भनेर पनि लेखेका छन् । भारतको बक्स अफिस रिर्पोट अनुसार फिल्म उरी ः द सर्जिकल स्ट्राइकको एक महिनाको कमाई २४५ करोड थियो । सलमानको ‘भारत’ले २१० करोड कमाउन सफल बनेको थियो ।

सन्दिप भाङ्गा रेड्डीले निर्देशन गरेको ‘कबिर सिंह’, उनकै निर्देशनमा २०१७ मा बनेको टेलगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो । जसमा एक प्रतिभावान मेडिकल विद्यार्थीले प्रेममा ढोका पाएपछि लागुऔषध दुव्र्यसनमा फसेको देखाइएको छ ।
कबिर सिंहले रिलिजको एक महिनामा तोडेको १० रेकर्डः 

Prabhu Bank
Agni Group
NIC Asia

१. शाहिदको करियरको एकल अभिनय रहेको अहिले सम्मकै सफल चलचित्र 
विश्वभरिबाट ५८५ करोड कमाएको चलसचित्र ‘पद्यमावत’ शाहिदको फिल्मी करियरकै अहिलेसम्मको सबैभन्दा हिट फिल्म भएपनि त्यसको बक्स अफिस सफलताको श्रेय फिल्मका अरु कलाकार दिपीका पादुकोण र रणवीर सिंहले नै पाएका छन् ।

२. रिलिजको पहिलो दिन सबैभन्दा धेरै कमाउने चलचित्र 
ओपनिङ २०.२१ करोड मा गरेर ‘कबिरर सिंह’ शाहिदको अहिले सम्मकै सबैभन्दा बढीमा ओपनिङ गरेको चलसचत्र बनेको छ ।

Global Ime bank

३. एक सातामा सबैभन्दा बढी ग्रस कलेक्सन गरेको चलचित्र 
‘कबिर सिंह’ले रिलिजको एक सातामा ७०.८३ करोड ग्रस कलेक्सन गरेको हो ।

४.वर्ष २०१९ को सप्ताहन्तको दिनसबैभन्दा धेरै कामाइ गरेको तेस्रो चलचित्र 
‘कबिर सिंह’ले पहिलो हप्तामा ७०.८३ करोड कमाइ गरेर हप्तामा धेरै कमाई गरेको तेस्रो फिल्म सावित भएको हो । एभेन्जर्सः एन्डगेम पहिलो र सलमानको भारत दोस्रो स्थानमा पर्न सफल बनेको छ । 

५.२०१९ को सबैभन्दा बढी कमाइ गरेको हिन्दी चलचित्र  
‘कबिर सिंह’ले २६६.६२ करोड कमाएर २१० करोड र २४५ करोड कमाएको ‘भारत’ र ‘उरी’लाई उछिनेको छ ।

६. २०१९ को चाँडै १०० करोर कमाउने दोस्रो हिन्दी चलचित्र 
चलचित्र ‘भारत’ले रिलिज भएको ४ दिनमा १०० करोड बनाएको थियो भने ‘कबिर सिंह’ले ५ दिनको शो मा १०० करोड बनाएको हो ।

७. २०१९ को सबैभन्दा छिटो २०० करोड कमाएको हिन्दी चलचित्र  
‘कबिर सिंह’ले १३ दिनमा २०० करोडको व्यापार गरेको थियो भने ‘भारत’ र ‘उरी’लाई १४ र २८ दिन लागेको थियो ।

८. वर्ष २०१९ को आइतबारको दिन सबैभन्दा बढी कमाई गर्ने चलचित्र 
२० करोड कमाई गरेर शाहिदको ‘कबिर सिंह’ले २०१९ मा  आइतबार सबैभन्दा बढी कमाई गरेको चलचित्रको रेकर्ड तोडेको छ ।

९. नवौं बलिउडको सर्वाधिक कमाई गरेको चलचित्र 
लाइभ मिन्टको रिर्पोट अनुसार, ‘कबिर सिंह’ बलिउडको सबैभन्दा बढी  कमाइगरेको चलचित्रको सूचीको नवौं स्थानमा पर्न सफल भएको छ ।

१०. अष्ट्रेलियामा प्रदर्शन भएको वर्ष २०१९ को सबैभन्दा वढि कमाई गर्न सफल भारतीय चलचित्र  
चलचित्र ‘गल्ली बोई’, ‘उरी’, ‘भारत’ र अरु साउथ इन्डियन चलचित्रलाई पछि पार्दै ‘कबिर सिंह’ अष्ट्रेलियामा सबैभन्दा धेरै कमाइ गरेको भारतीयलचित्र बनेको छ ।
(हिन्दूस्तान टाइम्स)


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC