site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपा अखिलमा भाँडभैलो, ऐनले बोलाएको पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूह गएनन्
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूमा भाँडभैलो सिर्जना भएको छ । गएको जेठ तीन गते संगठन संयोजक तोकिएका ऐन महरले बिहीबार (हिजो) पत्रकार सम्मेलन आयोजना गरेर चन्दा नउठाउनेदेखि शैक्षिक आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

तर, पूर्व अखिल क्रान्तिकारी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएन । “संगठनको व्यवस्थापन नभर्इ गरिएको निर्णय प्रभावकारी हुँदैन । संगठन चलायमान हुन व्यवस्थापन पूर्वशर्त हो,” नेपाल पक्षधर नेता सुदेश पराजुलीले बाह्रखरीसँग भने ।

Agni Group

त्यस्तै पूर्वक्रान्तिकारीका सुरेन्द्र बस्नेतले पनि अनेरास्ववियूद्वारा प्रथम बैठकको निर्णय सार्वजनिक गर्न भनेर आयोजना गरिएको भनिएको पत्रकार सम्मेलनले परिपक्वता हासिल गर्न नसकेको बताए ।

“अनेरास्ववियू एकताको ऐतिहासिक चरणबाट गुज्रिरहेको छ । पार्टी एकताको लामो समयपछि संगठनले बल्ल संयोजक र सहसंयोजक प्राप्त गरेको छ । दुई सदस्यीय कमिटीले पूर्णता पाउन बाँकी नै छ,” उनले असहमति प्रकट गरेका छन्, “उठाइएका विषयवस्तु र मुद्दामा पूर्णरूपले सहमत हुँदाहुँदै पनि पत्रकार सम्मेलनसम्म पुग्दा सबै जुट्ने स्थिति बनेन । पार्टी एकता भएयता दुवै संगठनका कयौँ संयुक्त भेला, बैठक, छलफलहरु भए । तर, एकतापश्चात् कुनै औपचारिक बैठक भएको छैन र कुनै नयाँ निर्णय पनि भइहालेको छैन । यसर्थ एकताको संवेदनशीलतालाई उच्च सम्मान गर्दै बाँकी एकतालाई अविलम्ब पूर्णता दिएर अनेरास्ववियूलाई शैक्षिक आन्दोलनको बाघ संगठन बनाउने महाअभियानमा सबै जुटौँ ।”

Global Ime bank

पराजुलीले पनि पत्रकार सम्मेलनको अघिल्लो दिन अगुवा केन्द्रीय सदस्यको बैठक भनिए पनि त्यहाँ साधारण कार्यकर्तासम्म बोलाइएको र निर्णय गरिएको बताए । महरको कार्यशैली त्रुटिपूर्ण रहेको भन्दै निर्णय राम्रो भए पनि संस्थागत आकार ग्रहण गर्न नसकेको उनले तर्क गरे । 

गएको जेठ तीन गते पार्टीले संगठनको संयोजकमा तत्कालीन अनेरास्ववियूका महासचिव महर र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङलाई सहसंयोजक चयन गरेको थियो । संगठनको नाम अनेरास्ववियू रहने कमिटीको आकार २५१ रहने निर्णय भए पनि केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC